पुराना दलले ३२ वर्षदेखि जनता ठग्ने धन्दा चलाए रास्वपा अध्यक्ष : लामिछाने

2023-08-19 मा प्रकाशित

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् ।

झापाको इटाभट्टामा भएको पार्टीको जनसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । उनले अब यस्तो नचल्ने बताए ।

लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला दल ठूला नेताहरुलाई अहिले ‘सिल्पीङ ट्याब्लेटले पनि निद्रा नलागेको टिप्पणी गरे । २०८४ सालको निर्वाचनमा बहुमत ल्याएर भ्रष्ट्रहरुलाई एकएक गरेर जेल हाल्ने उनको दाबी थियो ।
उनले रास्वपाका २१ जना सांसद भ्रष्टाचारीहरुको कानको जाली फुट्ने गरेर कराउन पर्याप्त रहेको भन्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान नलिने कुरा मान्य हुननसक्ने बताए ।

लामिछानेले काँग्रेस, एमाले र माओवादीलगायतका युवा नेता प्रति लक्षित गर्दै भ्रष्टहरुलाई पालेर हामी सुध्रीन्छौं भन्दै जनता नझुक्याउन चुनौती समेत दिए । ‘पुरा दलका जोसिला युवा नेताहरुले भाषण गरेको सुन्छु अब हाम्रो पार्टी त्यसरी चल्दैन, परिवर्तन हुनुपर्छ, सुध्रीने हो रु सुध्रीने हो भने भ्रष्टाचारको आरोप लागेकालाई पार्टीबाट निस्कासन गरेर देखाउनुहोस न पहिला,’ उनले भने ।

सभामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य रमेश प्रसाईं, माननीय मनिष झा, माननीय अशोक कुमार चौधरी, माननीय निशा डाँगीलगायका केन्द्रिय नेताहरुले सम्बोधन गरिरहेका छन् । त्यस्तै जिल्लाको विभिन्न स्थानबाट रास्वपाका सदस्य तथा शुभचिन्तकहरुको उलेख्य जनसहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु