साहित्यकार एवं गीतकार ज्ञानप्रसाद भट्टराईको नयाँ राष्ट्रिय गीत “माटोको माया” सार्बजनिक भएकोछ । सोमबार सार्वजनिक “माटोको माया ” नामको उक्त गीतमा उदियमान गायक नीमा शेर्पा एवं उदियमान गयिका पूजन मिश्रले आवाज दिएकाछन भने संगीत समायोजन र गीतको एरेन्जको काम अहिलेका निकैनै चर्चित संगितकार एवं एरेन्जर कमल अधिकारीले गरेकाहुन र उक्त गीतको भिडियो निर्देशन र छायांकन बिजयराज भुर्तेलले गरेकाहुन। गीतकारको आफ्नै youtube च्यानलबाट सार्बजनिक गरिएको ” माटोको माया ” नामक राष्ट्रिय गीतले एउटा रष्ट्रभक्त नेपालीले आफ्नु देशप्रति दर्शाएको माया र सद्भाव देख्न सकिन्छ। बिगत लामु समयदेखि नेपाली साहित्यमा कलम चलाउदै आउनु भएका गीतकार एवं साहित्यकार भट्टराईले धेरै भन्दा धेरै गीत र कबिताहरु नेपाली साहित्यलाई दिनुभएकोछ । देशका प्रति अगाधमाया र प्रेम दर्शायिएको उक्त गीतले सम्पूर्ण संगित प्रेमी श्रोताको मन जित्न सक्ने कुरामा गितकार आफु विश्वस्त रहेको बताउनु हुन्छ । गीतको छायांकन नेपालय पब्लिक स्कुलमा गरिएको छ । गीतको छायांकन नेपालय पब्लिक स्कुलमा गरिएको छ । शंकरा डिजिटल स्टुडियो बागबजारमा गीत रेकर्डिङ गरिएको हो । बिगत तीस दसक देखि शिक्षण पेशामा आवद्ध रहनु भएका गीतकार भट्टराई नेपाली साहित्यप्रति मरिमेटेर लगाब राख्ने ब्याक्तित्व हुनुहुन्छ । आफूलाई गीतकारका रुपमा भन्दा पनि बढी साहित्यकारका रुपमा चिनाउन खोज्ने भएकोले नेपाली साहित्यलाई र नेपाली गीत संगीतलाई निरन्तर योगदान दिइरहने वहाँको विचारछ।
प्रतिकृया दिनुहोस्