विगत ६ वर्षदेखि परिवारसँग सम्पर्कविहिन भएका मेचीनगरका गोपाल मलेसियामा रहेको पुष्टि

2023-08-24 मा प्रकाशित

काँकरभिट्टा, ७ भदौ । काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसिया काम गरिरहेको पत्ता लागेको छ ।

३७ वर्षीय गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको पत्ता लागेको हो ।

अहिले भर्खरै मलेसियाबाट एकजना अपरिचत व्यक्तिले मेरो (अर्जुन कार्की) वटसर्पमा फोन गरेर काँकरभिट्टाका गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको बताए ।

पोखराका प्रताप थापाले मलेसियाबाट मेरो वटसर्पमा फोन गरेर गोपाललाई ७÷८ वर्षदेखि चिन्ने गरेको जानकारी गराए ।

‘गोपाल हामीसँगै काम गरिरहेको छ’, थापाले भने–‘अहिले उँ सुतिरहेको छ । म डिउटीमा छु । उसको रातिको डिउटी थियो । उँ यहाँ सन्चै छ । आमालाई चिन्ता नलिनु भन्दिनु भने ।’

तपाईले हालेको भिडियो मैले एम्वीसीको पेजमा हेरेर गोपाल घिमिरेको आमा रुदै गरेको फोटो हेरेपछि म छक्कै परेको उनले बताए । उनले आमाले काँकरभिट्टाको गोपाल घिमिरे भनेपछि मैले थाहा पाए ।

गोपालले पहिलैदेखि आमासँग सम्पर्क गर्न खोज्दा कतैपनि नम्बर नपाएका कारण उँ निरास भइरहेको प्रतापको भनाई छ । उनले आमासँग कल गर्ने बातावरण मिलाईदिन मलाई अनुरोध गरेका थिए ।

गोपाल घिमिरेको यो फोटो उनले मलाई वटसर्पमा पठाईदिएको हो ।

फोन आउने वितिक्कै मैले गोपाल मलेसियामा काम गरिरहेको जानकारी उनको आमालाई गराईदिदा खुशीले गदगद भएर भक्कानो छाडेर रोइन् ।

बुधवार साँझ मात्रै आमा सानी ढकाल घिमिरेले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरुसँगको भेटमा मलेसिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहिन भएपछि खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु