डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

2020-08-12 मा प्रकाशित

डोटी,२८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं। को बस बुधवार बिहान करिब ५स्३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

बोहराका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी निरीक्षक वोहराले बताए । उनले घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर रहेको समेत जानकारी दिए । उनले भने, ‘घाइतेहरुको उद्धार गरी अस्पताल पठाएका छौं, केहीको अवस्था गम्भिर देखिएको छ ।’

घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको प्रहरी टोली र स्थानीयवासी उद्धारका लागि खटिएका छन् ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु