नगर सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस महामन्त्री थापा मेचीनगर आउँदै

2023-08-27 मा प्रकाशित

मेचीनगर । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नगर सम्मेलनलाई सम्बोधन गर्न मेचीनगर आउने भएका छन् । यहि भदौ १६ गते नेपाली कांग्रेसको नगर सम्मेलन आयोजना हुँदैछ । उक्त नगर सम्मेलनलाई सम्बोधन गर्न कांग्रस महामन्त्री थापा मेचीनगर आउने भएका हुन् ।
१६ गते पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलाबारीमा तय भएको नगर सम्मेलनको उद्घाटन नै महामन्त्री थापाले गर्ने नेपाली कांग्रेस मेचीनगर सभापति सुवेश कुमार पनेरु (सुदय)ले जानकारी दिए । नगर सम्मेलनमा प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडादेखि टोलसम्मका सम्पूर्ण कमिटीहरुलाई उपस्थितीका लागि जानकारी गराइसकिएको तथा सम्मेलनमा एक हजार बढीको उपस्थिती रहने उनले दाबी गरे ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु