आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा भदौ १५ गते काकरभिट्टा आइपुग्ने

2023-08-30 मा प्रकाशित

मेचीनगर १३ । आद्य महालक्ष्मी अन्तराष्ट्रिय रथ यात्रा २०८० भदौ १५ गते काकरभिट्टा आइपुग्ने भएको छ । रथयात्राका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेचीनगर संयोजक विजय डालमियाका अनुसार अग्रवालहरुको कुलदेवी आद्य महालक्ष्मीजीको जन आर्शिवाद लिने उद्देश्यले पितृभूमी भारत हरियाणाको अग्रोहा धामबाट अखण्ड ज्योति सहित प्रारम्भ भएको अन्तराष्ट्रिय रथयात्रा भारत र भुटानको विभिन्न स्थानहरु हुँदै यही भदौ १५ गते शुक्रबारका दिन नेपाल प्रवेश गर्ने कार्यक्रम रहेको छ । शुक्रबार विहान ८ः३० बजे नेपालको पुर्वी प्रवेशद्वार नयाँ मेची पुलमा रथयात्रालाई स्वागत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

रथयात्राको नेपाल तर्फको स्वागत तथा उद्घाटन प्रतिनिधि सभाकी माननिय उपसभामुख इन्दीरा रानामगरको प्रमुख आतिथ्यतामा काकरभिट्टाको पञ्चमुखी हनुमान मन्दीरको प्राङ्गणमा गरिने संयोजक डालमियाले पत्रकार सम्मेलनमा जानकारी दिए।

मेची सामुदायिक सेवा केन्द्र काकरभिट्टामा भएको पत्रकार सम्मेलनमा अग्रवाल समाजका अगुवा पुनित कुमार बंशलले आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बीच रथयात्राको आयोजना गरिएको बताए । ‘धार्मिक तथा सांस्कृतिक रुपमा जोडिएर बसेका नेपाल, भारत र भुटानजस्ता देशहरुबिच धार्मिक आस्थालाई थप बलियो बनाउँदै धार्मिक सहिष्णुता कायम राख्न यस रथयात्रालले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,’ वंशलले भने , नेपाल र भारतबीच युगौंदेखि रहेको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध यस रथयात्राले अझ सुदृढ गराउने विश्वास लिएका छौं ।’

अग्रवाल समाज मेचीनगरद्वारा आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेची संयोजक वेदप्रकाश अग्रवालले महालक्ष्मी भगवान सबैका लागि पुजनिय भएकाले यो अवसरमा सबैले महालक्ष्मीको रथयात्रामा सहभागि भई पुजा आरतीमा गर्न आग्रह गरे । पत्रकार सम्मेलनमा अग्रवाल समाज काकरभिट्टाका अध्यक्ष रोशन अग्रवाल, धुलाबारीका अध्यक्ष ललित अग्रवाल लगायतको उपस्थीती रहेको थियो ।

मेची सामुदायिक सेवा केन्द्र काकरभिट्टामा भएको पत्रकार सम्मेलनमा अग्रवाल समाजका अगुवा पुनित कुमार बंशलले आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बीच रथयात्राको आयोजना गरिएको बताए । ‘धार्मिक तथा सांस्कृतिक रुपमा जोडिएर बसेका नेपाल, भारत र भुटानजस्ता देशहरुबिच धार्मिक आस्थालाई थप बलियो बनाउँदै धार्मिक सहिष्णुता कायम राख्न यस रथयात्रालले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,’ वंशलले भने , नेपाल र भारतबीच युगौंदेखि रहेको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध यस रथयात्राले अझ सुदृढ गराउने विश्वास लिएका छौं ।’

अग्रवाल समाज मेचीनगरद्वारा आयोजित पत्रकार सम्मेलनमा रथयात्राका मेची संयोजक वेदप्रकाश अग्रवालले महालक्ष्मी भगवान सबैका लागि पुजनिय भएकाले यो अवसरमा सबैले महालक्ष्मीको रथयात्रामा सहभागि भई पुजा आरतीमा गर्न आग्रह गरे । पत्रकार सम्मेलनमा अग्रवाल समाज काकरभिट्टाका अध्यक्ष रोशन अग्रवाल, धुलाबारीका अध्यक्ष ललित अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु