मेची कृषक सहकारीको आयोजनामा निःशुल्क आँखा शिविर, २११ जनाले लिए सेवा

2023-09-01 मा प्रकाशित

 इटाभट्टा । मेचीनगर ७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्था लि.को आयोजना तथा काँकरभिट्टा आई केयरसेन्टरको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्मा आयोजित शिविरमा मेचीनगर ७, ८, ६, ५ र ३ वडाका २ सय ११ जना सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुले आँखा परीक्षण गराएको सामुदायिक पोष्ट हार्भेष्का संयोजक दुर्गा प्रसाद सापकोटाले जानकारी दिए ।

शिविरमा काँकरभिट्टा आई केयर सेन्टरका दृष्टि विशेषज्ञ रोजल थापाको नेत्रृत्वमा आएको ४ जना प्राविधिको टोलीले सहभागिहरुको आँखा परीक्षण गरेको थियो । परीक्षणको क्रममा १७ जनामा मोतिया बिन्दुको समस्या ७ जनाको आँखामा मासु पलाएको भेटिएको र उनीहरुलाई अप्रेशनगर्न सुझाव दिएको दृष्टि विशेषज्ञ थापाले जानकारी दिए । आई केयर सेन्टरले मोतिया बिन्दु भएका ७ जनाको निःशिुल्क शल्यक्रिया गरिदिने र आँखामा मासु पलाएकाहरुको अप्रेशनमा भने अस्पतालले ५० प्रतिशत छुटको व्यवस्थामलाएको उनको भनाइ छ ।

शिविरमा १७६ जनालाई निःशुल्क औषधि तथा ४६ जनालाई सौलियतमा चश्मा वितरण गरिएको सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिए । मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा सम्पन्न शिविरमा स्वागत सामुदायिक पोष्ट हार्भेष्टका संयोजक दुर्गा प्रसाद सापकोटाले स्वागत तथा सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु