रुसले प्रयोगमा ल्यायो कोरोनाको पहिलो खोप

2020-08-12 मा प्रकाशित

झापा  । रुसले कोभिड १९ को संक्रमण रोक्ने स्पुतनिक नाम दिइएको खोपलाई आम प्रयोगमा ल्याएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस संक्रममणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरिएको बताएका छन् ।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो ।

पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका छन् ।

उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए ।

रुसले भने विभिन्न देशबाट उक्त खोपको एक अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ ।

मस्कोले उक्त खोपको नाम स्पुतनिक राखिने जनाएको छ । स्पुतनिक सोभियत संघले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भूउपग्रहको नाम हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु