तीत विषेश टिकटक प्रतियाेगिता हुने

2023-09-01 मा प्रकाशित

झापा, १५ भदौ  । रेडियो मन्त्र १०५.४ मेगाहर्जले तीज विशेष टिकटक प्रतियोगिता गर्ने भएको छ । झापा जिल्लाका महिलाहरूले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि तीज विशेष टिकटक भिडियो बनाएर भदौ २२ गतेसम्म रेडियो मन्त्रमा पठाउनु पर्ने रेडियोका स्टेशन मेनेजर मनिषा गौतमले बताउनु भयो । प्रतियोगिताका लागि रेडियो मन्त्रको इमेल [email protected] र whatsapp No 9808523424 मा टिकटक भिडियो पठाउनु पर्ने स्टेशन मेनेजर गौतमले बताउनु भयो । रेडियोमा आएको टिकटकलाई भदौ २३ गतेदेखि २७ गतेसम्म रेडियोको टिकटक एकाउन्टमा राखिने र सबैभन्दा धेरै हेरिएका, शेयर भएका र फलो गरेका उत्कृष्ट तीनवटा टिकटकलाई उत्कृष्ट घोषणा गरेर पुरस्कृत गरिनेछ । विजेतालाइ पाँचतारे होटल मेची क्राउन मेचीनगरमा डिनरको व्यवस्था गरिएको छ भने आकर्षक गिफ्ट हेम्पर समेत उपलब्ध गराइने रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनु भयो । भदौ २९ गते प्रतियोगिताका उत्कृष्ट तीन टिकटकको रेडियो मन्त्रबाट घोषणा गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन रहेको छ भने सहप्रायोजक मेरो हार्डवेयर ईटाभट्टा र सहयोगी संस्थाका रूपमा महिला जनचेतना केन्द्र काकरभिट्टा रहेको छ । प्रतियोगिताका लागि नियमहरु । १) प्रतियोगिताका सहभागिहरुले रेडियो मन्त्रको फेसबुक पेज र टिकटक एकाउन्टलाई लाईक, शेयर र फलो गर्नु पर्नेछ । २) टिकटक भिडियोमा तीजसंग सम्बन्धीत गीत, अभियन र संवाद मात्र गर्न पाइने छ । ३) टिकटक भिडियो बढीमा तीन मिनेटको मात्र हुनु पर्नेछ । ४) भिडियो एकल वा दुई जनासम्मको समूहमा बनाएर सहभागि हुन पाउनेछन । ५) प्रतियोगितामा जुनसुकै उमेर समूहका झापा जिल्लाका महिलाले मात्रै सहभागिता जनाउन पाउनेछन । ६) प्रतियोगितामा एक ब्यक्ति वा समूहले एउटा मात्र टिकटक पठाउन पाइने छ । ७) प्रतियोगिता अन्तर्गत २०८० भदौ १५ गतेदेखि २२ गतेसम्म टिकटक भिडियो पठाउनु पर्नेछ । भदौ २३ गतेदेखि २७ गतेसम्म टिकटक रेडियो मन्त्रको टिकटक एकाउन्ट [radiomantrajhapa] र रेडियो मन्त्रको फेसबुक पेज [Radio Mantra Jhapa] मा राखिने छ । प्रतियोगिताको विजेता भदौ २९ गते रेडियो मन्त्र १०५.४ मेगाहर्जबाट घोषणा गरिनेछ । ८) प्रतियोगिताका लागि [email protected] र whatsapp No 9808523424मा टिकटक भिडियो पठाउनु पर्नेछ । ९) तीज टिकटक प्रतियोगिता २०८० का लागि रेडियो मन्त्र झापाको टिकटक एकाउन्ट [radiomantrajhapa] मा आएको views, like, share / follow को आधारमा बिजेता घोषणा गरिनेछ । १०) प्रतियोगिताको उत्कृष्ट छनौटमा परेका तीन भिडियोका सहभागिलाई पाँच तारे होटल मेची क्राउन मेचीनगरमा एक बेलुकाको खाना (डिनर) को व्यवस्था गरिनेछ साथै आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु