सुनको मूल्य एकैदिन ६हजार २सय घट्यो

2020-08-12 मा प्रकाशित

झापा । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु