मेचीनगरमा समुदायमा कोरोना संक्रमण बढ्दो आज चिकित्सकसहित थप चार जनामा संक्रमण पुष्टि

2020-08-12 मा प्रकाशित

मेचीनगर,२८ साउन । मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिनक्रम बढ्न थालेपछि नगरवासी त्रसीत बनेका छन् । बुधवार मेचीनगरमा दोस्रोपटक समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।

नगरपालिकाले समुदायस्तरमा गएको शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाएको थियो । ती मध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चार जनामा नोवल कोरोना भाइरसको संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए । वरालका अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यसअघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । बाकी ५ जनाको रिपोर्ट आउन बाकी छ । बुधबार पुष्टिभएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।
चिकित्सकसहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको बैठक बसेर थप निर्णय गर्ने बताइएको छ ।

यसअघि समुदायमा कोभिड १९ को संंक्रमण देखापरेपछि नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको सम्पन्न बैठकले नगरका ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको र अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु