मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी, मेचीनगरकी चेली अभिलाषालाई जिताउँन अपिल

2023-09-06 मा प्रकाशित

मेचीनगर, २० भदौ । मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी मेचीनगरकी चेली अभिलाषा लम्साललाई भोट दिएर जिताउन परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् । ।

आज इटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर परिवारले सो अनुरोध गरेको हो ।

अभिलाषाकी बुबा अर्जुन लम्साल, सानिमा दिपा खरेल दाहाल र मामा देवेन्द्र खरेलले पत्रकार सम्मेलनमा अभिलाषा मिस युनिभर्स नेपाल प्रतियोगिताको फाइनल राउण्डमा पुगेको र अव भोट दिएर जिताउन आग्रह गरेका छन् ।

यस पटकको प्रतियोगितामा विवाहित महिलालाई पनि सहभागी गराउने भएपछि अभिलाषा सहभागी भएको उनीहरूले बताएका छन् ।

२२ जना सहभागी मध्ये प्रतियोगी १०३३ नम्बरकी उनी अहिले प्रतियोगिताको भोटिङ मार्फत दोस्रो स्थान हात पार्न सफल भएको परिवारको भनाई छ ।

अभिलाषाले प्रतियोगितामा मानव ओसार प्रसार र महिलाका लागि आत्मरक्षा तालिम लगायतका विषयमा विचार राखेकी थिइन् ।

उनको यो अरू भन्दा फरक विचारले प्रतियोगितामा उत्कृष्ट बन्ने सम्भावना रहेको परिवारको अनुमान छ ।

विगतमा सौन्दर्य प्रतियोगितालाई फेसनको रूपमा मात्र हेरिन्थ्यो । प्रतियोगिताका निर्णायकले सौन्दर्य प्रतियोगितालाई महिलाको शरीर र अंगलाई मात्र हेरेर निर्णय गरिन्थ्यो । तर, पछिल्लो समय यसलाई परिमार्जीत गर्दै महिलाको सोच, विचार र ज्ञानलाई प्राथमिकता दिन थालिएको छ ।

अभिलाषामा पनि बाल्यकालदेखि नै त्यहि सोच बोकेकी एक कुशल प्रतिभा भएकी महिला भएको उनका बुबा अर्जुन लम्सालको भनाई छ ।

‘प्रतियोगिता जित्न सबै भन्दाठूलो कुरा भोटिङ नै रहेछ , दिपा दाहालले भनिन् तपाईँहरुको अमूल्य भोट र सञ्चारक्षेत्रको सहयोगले हाम्रो छोरीको जीत हुन्छ भोट दिएर सहयोग गरिदिनु हाला े। झापाका २ जना सहभागी मध्ये अभिलाषा मेचीनगरकी छोरी हुन् । उनले जित्नु भनेको हामी सबैले जित्नु हो । त्यसैले मिडिया मार्फत सबैले भोट गरेर जिताउन आग्रह छ ।

पत्रकार सम्मेलनमा अभिलाषाका बुबा अर्जुन लम्साल, दिपा दाहाल, पत्रकार अम्बिका भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अनुष दाहालले खल्ती एप डाउनलोड गरेर इन्टरटेमेन्ट , मिस युनिभर्समा गएर भोट गर्न सकिने बताए ।

एक भोट १० रूपैयादेखि ३० हजारसम्म पर्नेछ भने एक भोट निःशुल्क गर्न पाइने उनको भनाई छ । भोट गर्ने समय अब २ दिन २० घण्टा मात्र रहेको बताइएको छ ।

प्रेस क्लवका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन देवेन्द्र खरेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु