बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सुरु

2023-09-07 मा प्रकाशित

मेचीनगर । बाहुण्डाँगी जेसीजको बुधबारबाट जेसीज सप्ताह सुरु भएको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको जेसीजले बुधबार उद्घाटन कार्यक्रमसँगै कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको छ । जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको हो । श्री कृष्ण जन्म अष्टमीमा सो क्षेत्रमा ठूलो संख्यामा भक्तजनहरु सहभागि हुने गर्दछन् ।

अत्याधिक गर्मी भएको समयमा जेसीजले निःशुल्क पानी वितरण गरेर जेसीजले मानवीय सेवाको काम गरेको छ । दर्शन गर्न आएका भक्तजनहरुले समेत जेसीजले गरेको यस किसिमका कार्यको प्रशंसा गरेका छन् ।

निःशुल्क पानी वितरण कार्यक्रममा बाहुण्डाँगी जेसीज वर्ष २०२३ का अध्यक्ष केवल निरौला बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तान, २०२१ का अध्यक्ष तथा मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, वर्ष २०२३ का कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडा, महासचिव नित्यानन्द चम्लगाई, सामुल रायालगायतको उपस्थिति रहेको थियो ।सामाजिक कार्यसंगै मानवसेवामा सदैव समर्पित बाहुण्डाँगी जेसीजले मेचीनगर १ स्थित पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थल कृष्णथुम्की धाममा आउने दर्शानार्थी भक्तजनहरुलाई निःशुल्क पानी वितरण गरेको हो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु