मेचीनगरमा आज राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन

2020-08-12 मा प्रकाशित

मेचीनगर,२८साउन । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि मेचीनगरपालिकाले आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एकहप्तालाई लकडाउन गर्ने निर्णय गरिएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे सम्ममात्र खोल्न पाउने गरी निर्णय भएको छ । उद्योग, व्यापार, कलकारखाना, होटल, शैक्षिक संस्था, लगायतका पसलहरु पूर्णतया बन्द गर्नुपर्ने निर्णय भएको नगरप्रमुख आचार्यले बताए । औषधि पसल लगायत स्वास्थ्य सेवा नियमित सञ्चालन हुनेछन् ।

क्वारेन्टिनको सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने, पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने लगायतका निर्णय भएको उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् ।

आज राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक काममा नगरपालिकाले दिएको पासमा मात्र सवारी साधान चलाउन पाइनेछ ।

सामाजिक दुरी कायम गरेर कृषि कार्य गर्न पाइनेछ भने धार्मिक, सांस्कृतिक तथा मृत्यु संस्कारमा भीडभाड नगर्ने र मलामी २५ जना भन्दाबढी सहभागि हुन नपाइने भएको छ ।

यातायातको हकमा नगरभित्र अत्यावश्यक मालबाहक सवारी साधन बाहेक पासको व्यवस्था गरिएको छ । वित्तिय संघसंस्थाहरु सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न पाइने छ ।लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु