मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण

2023-09-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ ।

नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी मेडिकल हल धुलाबारीमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको नगर प्रमुख बुढाथोकीका स्विकीय सचिव आषिश पौडेलले जानकारी दिए । अब केहि दिन नगरप्रमुख घरमै औषधि प्रयोग गर्दै आराम गर्ने र स्वास्थ्यमा सुधार आएपछि जनताको सेवामा लाग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु