सवारी दुर्घटनामा परी प्यारागन एकाडेमी सुरुङ्गाका प्रिन्सिपल सुवेदीको निधन

2023-09-11 मा प्रकाशित

कनकाई । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ ।

कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्करदिँदा गम्भीर घाइते भएका प्रिन्सिपल सुवेदीको निधन भएको हो । आज साँझ ७ः२० बजेको समयमा सो दुर्घटना भएको थियो ।

मो. सा.चालक कनकाई ४ बस्ने वर्ष ५४ को देबराज सुबेदी ( डिआर ) गम्भिर घाईते भई उपचारको लागी विएण्डी अस्पताल पठाईएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जनाएका छन् । दुबै सवारी साधन र बोलेरो चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा.७ बस्ने वर्ष ३७ को होमप्रसाद सेन्चुरी ईप्रका अनारमनीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु