कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नहुँदा जनताको काम गर्न सकिएन :पूर्व सांसद विक

2023-09-13 मा प्रकाशित

काँकरभिट्टा, २७ भदौ । पूर्व संघीय सांसद विमला विकले कर्मचारी र जनप्रतिनिधि बीच तालमेल नहुँदा जनताका काम अपेक्षा अनुरुप गर्न नसकिएको बताएकी छन् ।

बुधबार काँकरभिट्टास्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति,कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा सांसद विमला बिकले यस्तो कुरा बताएकी हुन् ।

कर्मचारीहरुले देश चलाएका कारण भ्रष्टचार र वेतिथि बढेको उनको दावी छ । उनले संघीयतालाई अझै समृद्वि बनाउन सामाजिक न्यायको अपरिहार्यता रहेको बताइन् ।

उत्कृट संविधान बन्यो, कानुनहरु बनिए, कार्यविधिहरु पनि पारित भए तर कर्मचारीका कारण अहिलेसम्म कुनै पनि कानुनहरु कार्यान्वयन हुन नसकेको विकको भनाई छ ।

विक २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट सामनुपातिकबाट सांसद चुनिएकी हुन् ।

रिडर्स झापाको सहजिकरण रहेको सो कार्यक्रममा पूर्व सांसद विक, विराटनगरका अध्यता दिनेश श्रेष्ठ, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशी र मेचीनगर नगरपालिका(४ का वडाध्यक्ष अर्जुनकुमार कार्की प्यानल डिस्कसनमा सहभागी थिए ।

रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुंगेलले स्वागत गरेको कार्यक्रमको सहजिकरण मार्टिन चौतारीका प्रबन्धक देवरा हुमागाई र लोकरञ्जन बरालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु