आदर्श विद्या मन्दिरमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा मिरा सिटौला

2023-09-14 मा प्रकाशित

मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालयको अभिभावक भेल सम्पन्न भएको छ । ज्येष्ठ अभिभावक कान्ता श्रेष्ठको सभापतित्व एवम् साहित्यकार भीम प्रसाद निरौंलाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले क्षेत्रगत प्रतिनिधित्व गर्दै मेचीनगर १०, लालपानी निवासी अभिभावक मिरा सिटौलाको अध्यक्षतामा २१ सदस्यीय अभिभावक संघ गठन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्र न्यौपाने, सचिवमा दुर्गा घिमिरे, सदस्यहरुमा क्रमश पद्मा अधिकारी, कमला सिन्चिउरी, निता धिमाल, रुपा आचार्य, हेमा मगर, गंगा खनाल, दमन्ता शिवाकोटी, प्रवेश काफ्ले, बिमला लुइँटेल र अस्मिता दाहाल रहेका छन्। बाँकी ९ सदस्यीय क्षेत्रगत प्रतिनिधित्वबाट आगामी बैठकमा मनोनित गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार रेग्मीले बताए । विद्यालयले त्रैमासिक रुपमा अभिभावक भेला राखी अभिभावकहरुको सल्लाह र सुझाव अनुसार विद्यालय सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निरौंलाले अभिभावकहरुलाई अभिभावकको कर्तव्य र भूमिका विषयमा तालिम प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सर्वसम्मत चयनहुनु भएका सबैलाई वि.व्य.स. का अध्यक्ष श्री शिव कुमार रेग्मी , प्रिन्सिपल कविन्द्र श्रेष्ठले बधाई तथा शुभकामना प्रदान गरेका थिए । विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका खिलादेवी खनालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु