काँकरभिट्टामा योग शिविर सम्पन्न

2023-09-15 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर ६ रमाइलो गाउँ स्थित जीवन कल्याण समाज सुधार केन्द्रमा शुक्रबार एक दिवसीय योग शिविर सम्पन्न भएको छ ।
भारतको कर्नाटकबाट आएका योग गुरु कृष्णम महेश्वरले सुधार केन्द्रमा रहेका सबैलाई योगको महत्वका बारेमा बुझाएका थिए । योग र पर्यावरणको महत्व बुझाउँदै भारत तथा नेपालका बिभिन्न क्षेत्रमा पैदल यात्रा गरिरहेका योग गुरुले नेपालका धेरै ठाउँमा पुगर युवा जनशक्तिलाई योगको महत्व बुझाइरहेका छन् ।
शिविरमा उनले सूर्य नमस्कार, तथा विभिन्न योगाभ्यास गराएका थिए । हरेक दिन २५देखि ३० किलोमिटरको पैदलयात्रा पुरा गर्दै अभियानमा अघिबढीरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु