वार्तामा गएन शिक्षक महासंघ

2023-09-19 मा प्रकाशित

काठमाडौं, २ असोज। नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।

महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।

‘मन्त्री अशोक राईको नेतृत्वको वार्ता समितिबाट समस्याको समाधान हुन नसक्ने भन्दै महासंघ बार्तामा नगएको महासंघका महासचिव लक्ष्मीकिशोर सुदेवीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु