अढाई सयमै गौरीगञ्जबासीको पीसीआर जाँचहुने

2020-08-12 मा प्रकाशित

गौरीगञ्ज, २८ साउन । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि गौरीगञ्जको उद्योग वाणिज्य संघले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

संघले इच्छुक जोकोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ ।

संघका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

संघले गाउँपालिकाभिका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाव परीक्षणका लागि आउन विहीवार विहान वाणिज्य संघको कार्यालयमा सूचित गरेको छ ।

यो परीक्षणका लागि गाउँपालिकाको समेत सहकार्य रहेको महतोले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु