आदर्श विद्या मन्दिरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न , आयूषा भइन् प्रथम

2023-09-20 मा प्रकाशित

धुलाबारी, ३ असोज । संविधान दिवसको अवसर पारेर आदर्श विद्या मन्दिर मेचीनगर –९ ले वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई आफ्नो देशको संविधानका बारे सिकाउने र अध्ययन अध्यापन गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका प्रधानाध्यापक कविन्द्र श्रेष्ठले बताए । संविधान दिवसका अवसरमा विद्यालयले हरेक वर्ष यस किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

मेचीनगर सहकारीको सभाहलमा आयोजित प्रतियोगितामा विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा आयूषा राई प्रथम, दिव्याङ्का खत्री दोस्रो र मेलिना गुरुङ तेस्रो भएका छन् । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले नेपालको संविधान नै देशको मूल कानुन रहेको भन्दै आफ्नो भनाई राखेका थिए ।

विद्यालयका प्रधानाध्यपक श्रेष्ठको सभापतित्व तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यार्थीका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख अतिथि मण्डारी, शिक्षक अभिभावक संघका सदस्य बिमला लुईटेललगातले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि भण्डारी र प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले निर्णायक भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक खिला खनालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु