सरोकारवालाहरुसँग छलफल नगरी विद्येयक ल्याउँदा कार्यान्वयनमा समस्या भइरहेको छ: सभामुख घिमिरे

2023-09-26 मा प्रकाशित

बिर्तामोड । सभामुख देवराज घिमिरेलेसरकारले सरकारले सरोकारवालाहरुसँग छलफल नगरी विद्येयक ल्याउँदा कार्यान्यनमा समस्या हुने गरेको बताएका छन् । कुनैपनि विद्येयकलाई कानुन बनाएर कार्यान्वयनमा ल्याउँन सदनमा छलफल गरेर पारित गर्नु पर्छ,’ उनले भने, ‘सरकारले विद्येयक ल्याउँदा सरोकारवालाहरुसँग छलफल नगरेको कारण सदन अवरुद्ध हुँने गरेको छ । जसको कारण कानुन कार्यान्वयन हुन समस्या भइरहेको छ ।’
विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि झापा आएका सभामुख घिमिरेले बिर्तामोडस्थित आफ्नो सचिवालयमा साँझ पत्रकार भेटघाटमा सो कुरा बताएका हुन् ।
राजनीतिक पार्टी र नेताहरुबीच असमझ्दारी बढेकोबेला आफूले महत्वपूर्ण भूमिका निर्वाहगरेर दल र नेताहरुलाई छलफल गराएर समस्या समाधान गर्ने गरेको बताए । सरकारले ल्याएका हरेक विद्येयकहरुमा छलफल गराएर सरकारको काममा सहयोग पुर्र्याइरहेको उनको भनाई थियो ।
आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणको बारेमा पत्रकारसँग कुरागर्दै घिमिरेले बिर्तामोड–भद्रपुर सडक निर्माणकार्य तत्काल सुचारु गर्न निर्देशन समेत दिएका छन् ।
निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको उनको भनाई थियो ।
उनले जिल्लाका विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराएका थिए ।

झापा क्षेत्र नं. २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु