बालकल्याण माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

2023-09-26 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले  नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् ।
नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र वालकल्याण माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा सोमबार सम्झौता भएको छ ।
बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल बैंकलिमिटेडको तर्फवाट काकरभिट्टा शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद सुवेदी र वालकल्याण माध्यमिक विद्यालयको तर्फवाट विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाका सहायक शाखा प्रवन्धक श्रद्घा साह, बैंकको कर्जा विभागको तर्फवाट भानुभक्त ढुंगाना तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाका कर्जा विभागका भानुभक्त ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु