एकीकृत समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

2023-09-26 मा प्रकाशित

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ ।
आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेललेको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोख्रेललले नेपाल कम्युनिष्ट पार्टी समाजवादीले गएको निर्वाचनमा जनताको विस्वास तथा मत जित्न नसकेको स्मरण गर्दै आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाएर जनताको विश्वास जित्ने र पार्टीको औचित्य समेत पुष्टि गर्ने दावी गरे ।
समाजवादी पार्टी एमालेसँग विद्रोह गरेर आएको पार्टी हो,’ उनले भने,‘गएको निर्वाचनमा हामीले जनताको मन र मत जित्न सकेनौं । आगामी निर्वाचनमा गठबन्धनको नेतृत्व हामीले गर्नेगरी जनमत तयार गर्ने छौं ।’
उनले नेकपा समाजवादी पार्टीनै भरपर्दाे विकल्प भएको दावी गरे । लाखौं जनतालाई एकीकृत समाजवादी पार्टीनै जनताको पार्टी भएको विश्वास दिलाउन र आगामी माघमा हुने राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन अभियानले फाइदा पुग्ने उनको भनाइ थियो ।
बेरोजगारी समस्या समाधान गर्ने कृषि क्रान्ति सफल पार्न, युवाहरुको विदेश पलायनलाई रोकेर देशमै रोगजारी सिर्जना गर्ने तथा चुनावी प्रणलीमा सुधार गर्ने जस्ता महत्वपूर्ण एजेण्डा लिएर पार्टी जनतामाझ जाने पार्टीले उद्घोष गरेको छ ।
अभियानमा केन्द्रीय अध्यक्ष माधनकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाललगायतका सयभन्दा बढी नेता सहभागी बन्ने पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु निलमणी बराल, सारदा घिमिरे, समाजवादी जागरण यात्रा आर्थिक विभागका संयोजक शंकर थापा, सविता भेटवाल, विपि भट्टराई र नगर अध्यक्ष हरि तिम्सिना लगायतको उपस्थित रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु