अनेम संघले गर्यो काँकरभिट्टा बजारक्षेत्रको सरसफाई

2023-09-28 मा प्रकाशित

धुलाबारी, ११ असोज । अखिल नेपाल महिला संघ मेचीनगरले फोहोरको वर्गीकरण गरी काँकरभिट्टाबाट विहीबार सरसफाई कार्यक्रम सुरु गरेको छ ।

“स्वाथ्य जीवन राष्ट्रको धन जनताको साथमा अनेम संघ, समद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ संगठन” नारासहित फोहोरलाई स्रोतमा पृथकीकरण गरौं भन्ने अभियान आजबाट सुभारम्भ भएको हो ।

अनेम संघकी मेचीनगर कमिटीकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा भएको कार्यक्रममा संघकी प्रदेश कमिटी सदस्य शोभा खवास प्रमुख अतिथि रहनु भएको थियो । उहाँले हुनमान मन्दिर अगाडि झाडुले सरसफाई गरी अभियानको सुरुवात गर्नुभएको हो ।

हनुमान मन्दिर अगाडिबाट सुरु गरी काँकरभिट्टा बसपार्क वरपरसम्म सरसफाई गरिएको थियो । सरसफाई अभियानमा सेतो, पहेंलो, हरियो बोरा र सोही कलरको रिबनको प्रयोग गरिएको थियो । पहेंलो बोरामा नकुहिने सिसा, निलोमा प्लाष्टिकजन्य वस्तु र हरियो बोरोमा कुहिने फोहोरलाई वर्गीकरण गरी संकलन गरिएको थियो ।

नगर अध्यक्ष ओलीले फोहोरलाई स्रोतमै बर्गीकरण गरेमा मोहोरमा समेत परिणत गर्न सकिने बताउनुभयो । उहाँले सरसफाईले स्वस्थ जीवन जिउन र पर्यावरण सफा राख्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार अनेम संघले नगरका १५ वटै वडादेखि टोल समितिसम्म महिनाको एक पटक यो अभियान सञ्चालन गरिनेछ । सो कार्यक्रम देशभर नै अनेमसंघको नेतृत्वमा भइरहेको छ ।

कार्यक्रममा अनेम संघ जिल्ला कमिटि उपाध्यक्ष रेणुका डाँगी, नेकपा एमालेका जिल्ला कमिटि सदस्य रमा भण्डारी, देवकुमार राई, टीकाराम मंग्रान्ती, राजु कार्की, चन्द्र प्रसाई, अग्रज महिला नेतृहरु कल्पना ओली, अम्बिका खवास, पार्टी नगर कमिटि अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी सरसफाई समितिका अध्यक्ष राजकुमार पोखरेल, नेपाल उद्योग तथा व्यवसायी संघ मेचीनगरका अध्यक्ष रामबहादुर घिसिङ, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य अम्बिका भण्डारी, जिल्ला सचिव प्रकाश पौडेल, मेचीनगर प्रेसक्लवका अध्यक्ष डम्बर बराललगायत विभिन्न पार्टी सम्बद्ध संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघकी सचिव अनिता गुरागाईँले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु