मेचीनगरमा संक्रमितको संख्या सय नाघ्यो, नगरमा पीसीआर परीक्षण तीव्र बनाइदै

2020-08-13 मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर, २९ साउन ⁄ मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ ।

मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेपछि नगरपाालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेका हो ।

विहिबार नगरका दुई अलग अलग स्थानमा समुदायस्तरमाा पीसीआर परीक्षणका लागि १ सय ७५ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो । झापाको मेचीनगर— १० स्थित आम्दा मेची अस्पतालमा कार्यरत २९ वर्षीय पुरुष चिकित्सकमा कोभिड १९ को संक्रमण फेला परेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरेर विहिबार संक्रमित चिकित्सकका परीवारसहित यसअघि अस्पतालमा उपचारक लाागि आएका सेवाग्राही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अस्पतालमा उपचारका लागि भर्नाभएका अन्य विरामीसहितको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि ९७ जनाकोे थ्रोड स्वावको नमूना संकलन गरिएका छ ।

शाखा संयोजक शशीकला राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोेलीले नमूना संकलन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाको टाोेलीले मेचीनगर —७ कोे प्यारीभिट्टामा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरेको छ । स्थानीय २८ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि कार्यालयका महामारी रोगका फोकल पर्सन जीवन चौैलागाईँको नेतृत्वमा रहेको जिल्लाकोे स्वास्थ्यकर्मीकोे टोली त्यसक्षेत्रमाा परिचालन गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोेगकोे क्षेत्रीय कार्यालयमा कार्यरत ती व्यक्ति विदामा घर आएका थिए । नगरपालिकाको स्वास्थ्य शाखाले दिएकोे जानकारी अनुसार विहीबारसम्म पीसीआर परीक्षणका लागि २ हजार ७ सय ४७ जनाको थ्रोड स्वावकोे नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वासथय विज्ञान प्र्रतिष्ठान धरानको माईक्रोबायोलोजिकल विभागमा पठाइएको छ । ती मध्ये १ सय १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएकोे शाखा संयोजक शशीकला राईले बताउनुुभयो ।

उहाँका अनुसार ७८ जना निकोे भएर घरर फर्किसकेका छन्् भने बाकीको प्रदेशका विभिन्न ठाउँमाा रहेका कोेभिड अस्पतालमा उपचार भइररहेको छ । नगरपालिकाका अनुुसार लक्षण नदेखिएका केही व्यक्ति भने १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगरर १३ स्थित स्वास्थय चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरेकोे आइसोलेसन सेन्टरमा रहेका छन्् । यसैबीच मेचीनगरमा कोेभिड १९ बाट संक्रमित हुनेको संख्या एकसय नाघेकोे छ ।। मेचीनगरको एक होटल क्वारेन्टाइनमाा बसेका मेचीनगर —६ का २६ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण फेला परेको छ । योे सँगैै नगरमा संक्रमितको संख्या १ सय १ पुगेको छ । उनकोे आइतबार थ्रोड स्वावकोे नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु