समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ अध्यक्ष : नेपाल

2023-10-01 मा प्रकाशित

 काँकरभिट्टा ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  सिंगो देशलाई जोडने गरी आम जनतामा केही संदेश संप्रेशण गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरुवात गरेको बताएका छन् ।
समाजवादी पार्टीले आजबाट सञ्चालन गरेको मेची महाकाली जागरण अभियानलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाले सो कुरा बताएका हुन । उनले भने जव कुनै अभियान चलाइन्छ भने जनतामा जोडिने कुरा नै पहिलो कुरा हुन्छ । हामी जनताको पार्टी हौँ त्यसैले जनताको घरदैलोमा आएका छौं ।’
बिभिन्न समुदाय र पार्टीका कार्यकर्ता र जनवर्गीय संगठनसँग सम्बाद गर्दै मेची महाकाली अभियान पुरा गर्ने छौं  नेपालले भने । युवालाई कृषि उत्पादनमा जोडेर देशमा रोजगारी सिर्जना गर्ने र समृद नेपाल निर्माणको अभियान सफल पार्ने उनको भनाइ थियो ।
‘समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ’, अध्यक्ष नेपालले भने–‘त्यसैले चार वटा पार्टीहरुसँग मोर्चाबन्दी गरेका छौँ । कसैप्रति हाम्रो संकिर्ण सोच राख्दैनौँ । आउन चाहाने अन्य कम्युनिष्टहरुलाई मोर्चामा स्वागत गर्न चाहान्छौँ ।’
‘हाम्र आफनै किही विशेषताहरु छन’् नेपालले भने, ती विशेषतालाई सही ढंगले प्रयोग गर्न सकियो भने हाम्रो देशले गरीवी र अभाव भोग्नु पर्दैन ।’ देशमा रोजगारीका धेरै सम्भावना रहेको बताएका पूर्व प्रधान मन्त्री नेपालले कृषी र वनको विकासलाई उत्पादनमा जोडनु पर्ने धारणा राखे ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी साशनले देश कब्जा गरेकोले जनताको गाँस, बास र कपासको व्यवस्था अहिलेसम्म राज्यले गर्न नसकेको दावी गरे ।
पुँजीवादी विकृति विसंगती समाधान गर्न पनि समाजवाद आवश्यक भएको उनको भनाई छ । उनले जवसम्म देशमा समाजवाद आउँदैन तवसम्म हाम्रो यो अभियान नरोकिने ठोकुवा गरे । अहिलेसम्म व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै रहेको नेता खनालको गुनासो रहेको छ ।
कार्यक्रममा पार्टीका केद्य्रिय उपाध्यक्ष जयन्ती राई, महासचिव धनश्याम भुषाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमअघि काँकरभिट्टा बजारमा र्याली आयोजना गरिएको थियो । र्यालीमा अध्यक्ष नेपाल, वष्ठि नेता झलनाथ खनाल, उपाध्यक्षहरु घनेन्द्र वस्नेत, जयन्ती राई, कृषि मन्त्री वेदुराम भुसाल, उपमहासचिव जगनाथ खतिवडा, रामकुमारी झाँक्री, दिपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सो अवसरमा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।
आइतबारदेखि सुरु हुने अभियान अनुसार असोज १४ गते पहिलो दिन बिर्तामोड र दमकमा कोणसभा कार्यक्रम रहेको छ । आज अभियानको टोली सुनसरीमा बस्ने छ । १५ गते सप्तरी, १६ गते धनुषा, १७ गते रौतहट, १८ गते बारा, १९ गते चितवन, २० गते रुपन्देही, २१ गते बुटवल, २२ गते दाङ, २३ गते बाँके, २४ गते बर्दीया, २५ गते टिकापुर, २६ गते धनगढी, २७ गते महेन्द्रनगर र २८ गते सुर्खेतमा समापन हुनेछ ।

पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठ र सञ्चालन झापा इन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु