नागरिकसँग समन्वय गरेर सबै खाले अपराध नियन्त्रण गछौं : प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी

2023-10-01 मा प्रकाशित

काँकरभिट्टा । प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जनताको अपेक्षानुसार अपराध नियन्त्रणको कार्यसम्पादन गर्दैआएको बताएका छ्न् ।

पुर्वको काँकरभिट्टा क्षेत्र खुल्ला सिमाना भएका कारण सम्भावना भन्दा चुनौती बढी देखिएको गुनासोलाई सहजीकरण गर्दै प्रहरीले त्यसको प्रकृति अनुसारको कार्यसम्पादनबाटै अपराध नियन्त्रण गर्ने बताएका हुन् ।

स्थानीय संघसंस्थाका प्रतिनिधिसम्मिलित अन्तरक्रियामा तस्करी, मानव बेचबिखन, लागुऔषध प्रयोगकर्ता तथा ओसारपसार र सुरक्षामा खटेका नेपाल प्रहरी र ट्राफिक प्रहरीको दरबन्दी थपको ब्यवस्थापनका लागि उठाएका सवालमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नागरिकसँगै समन्वय गरेर सबै अपराधको नियन्त्रण सम्भब गर्नसकिने धारणासमेत राखेका थिए ।

नागरिकको अपेक्षा संकलन गर्न ञनागरिक सुनुवाई कक्षझ राखिएको हो । सुनुवाइपछि आएको समस्यालाई पुष्टि गर्न प्राविधिको प्रयोग हुन्छ, त्यसको प्रयोगले सत्यतथ्य पहिचान हुने र त्यसले समाजमा सुशासन ल्याउन मद्दत गर्ने भण्डारीको भनाई थियो ।

उत्कृष्ट कार्यसम्पादन गर्ने देशैभरीका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा एआइजी बास्तोलाले इप्रका काँकरभिट्टाको निरीक्षणसँगै स्थानीय नागरिक अगुवाहरुसँग प्रहरी र नागरिक बिचको सहकार्य र प्रहरीको कार्यसम्पादन गर्ने लगायतका विषयमा अन्तरसंवाद गरेका थिए ।

उनले १६ देखि २५ वर्षका युवा बढी अपराधमा पुगेको धारणा राख्दै मानव बेचबिखनलाई नियन्त्रण गर्ने बिश्वास दिलाएका थिए । कानुन नजानेर र जानेर दुई किसिमले अपराध हुने गरेको जनाउदै भने, अन्जानलाई कानुनका बारेमा सिकाएर र बुझ्नेलाई चेतावनी दिएर अपराध नियन्त्रण हुनेछ ।

प्रहरीको अपरेशनपछि २ महिनायता सुनसरी र मोरङमा लागुऔषध शुन्य भएको भनाई थियो । लागुऔषध नियन्त्रण गर्दा एकजना सेवनकर्ता खान नपाएर मृत्यु भएको उनले बताए। सुद्धिकरण र सुदृढीकरणले प्रहरीभित्र समस्या नभएकोसमेत बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले खुला सिमानामा अवसरभन्दा चुनौती धेरै देखिएको जनाउँदै तस्कर, लागुऔषध र अपराध नियन्त्रणमा जोखिम देखिएको औंल्याएका थिए । उनले लागुऔषध नियन्त्रणका लागि एक्लो प्रहरीको चेकजाँचबाट सम्भव नहुने बताउँदै सीमा क्षेत्रमा लापसे चेक पोइन्टको खाँचो औंल्याएका थिए ।

मेचीनगर वडा नं ६ का वडाध्यक्ष तामाङले सिमावर्ती शहर काँकरभिट्टा आसपासबाट हुने लागुऔषध ओसारपसार जस्ता जगन्य अपराध नियन्त्रण गर्न आग्रह गरेका छन् ।

सिमावर्ती भारतीय बजारमा खुलेआम लागुऔषध पाइने भएकाले काउन्टर पार्टससँग समवन्य गरेर रोक्न आग्रह गरेका थिए ।

खुल्ला सिमानाका कारण भारतको पानीट्याङ्की पुगेर लागुऔषध प्रयोगकर्ताले प्रयोग गरेर आउने गरेकाले थप चुनौती बनेको र त्यसको नियन्त्रणमा प्रहरीले नयाँ रणनीति लागू गर्न मेचीनगर(७ का वडाध्यक्ष प्रल्लाद ओलीले आग्रह गरेका थिए ।

कार्यक्रममा माइती नेपालका गोविन्द घिमिरे, विश्व सेवा बिस्तार, अनिता गुरागाईँ, एमेटि स्कुलका प्रधानाध्यपक सुर्वण भट्टराई, आफन्त नेपालका सरोज गुरुङ, अनिता गुरागाई, ब्यवसायी भुपाल शिवाकोटी, पुनर्स्थापना केन्द्रका भीम लुइँटेललगायतले सीमाका चुनौति र प्रहरी कार्यसम्पादन सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रियामा प्रहरी नायक निरीक्षक राजेसराज बाँस्तोला, झापाका प्रहरी निरीक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु