मेचीनगर प्रमुख बुढाथोकीले गरे  बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन

2023-10-03 मा प्रकाशित

मेचीनगर १६, असोज । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सोमबार बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन गरेका छन् ।

सम्बोधका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फोक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक धनकिरण गुरूङलगायत बेलायत देश बेलायतका नागरिकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

भगिनी सम्बन्ध यी दुई पालिकाबीच मात्र नभएर नेपाल र बेलायत तथा दुई देशका नागरिकबीच भएको स्पष्ट पार्दै नगर प्रमुख बुढाथोकीले यो सम्बधले दुई देश र यी देशका नागरिकबीच परस्पर एकताको सुत्रमा बाध्ने विश्वास व्यक्त गरे । अब यो भगिनी सम्बन्धलाई अझ प्रगाढ र उच्च शिखरमा पुर्याउन सवैको साथ सहयोग र समन्वयको खाचो रहेको बताए । सम्बोधनका क्रममा नगरप्रमुख बुढाथोकीलाई केन्ट काउन्टि प्रदेशको प्रदेश प्रमुख बस्ने कुर्सी आसनकालागि प्रदान गरिएको द गोर्खा मेमोरियल फाउन्डेसन युकेका संस्थापक अध्यक्ष समेत रहेका संयोजक धनकिरण गुरूङले जानकारी दिए ।
नगर प्रमुख , उपप्रमुखसहित ७ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायतको फोक्सटन टाउन काउन्सिल र द गोर्खा मेमोरियल फाउण्डेशन बेलायतको ओैपचारिक निमन्त्रणामा बेलायत पुगेको छ । यसअघि प्रतिनिधि मण्डललाई बेलायतको अन्तर्राष्ट्रिय विमानस्थल हिथ्रो टर्मिनल फोरमा स्वागत गरिएको थियो ।

नोभेम्वर ८ तारीख नेपाल फर्किने योजना रहेको र यस अबधिमा उहाँहरू विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ । टोलीलाई द गोर्खा मेमोरियल फाउन्डेसन यूके, फोक्सटन नेप्लिज कम्यूनिटी, झापा समाज युकेले स्वागत सम्मानसहित रात्रीभोजको कार्यक्रम तय गरेको कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापाले जानकारी दिए ।
नगरप्रमुख बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको नेपाली प्रतिनिधि मण्डललाई सम्बोधन अघि केन्ट काउन्टि प्रदेश प्रमुखले स्वागतसहित सम्मान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु