कोटीहोम धार्मिक संस्थाको अध्यक्षमा स्वतन्त्रका शेरबहादर निर्वाचित

2023-10-03 मा प्रकाशित

झापा । झापाको कनकाई—४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् ।
समाजसेवी एवं धार्मिक व्यक्तित्व थापाले ५२३ मत ल्याएर विजयी बनेका छन भने उनका प्रतीद्वन्दी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरी उपविजेता बनेका छन् ।
थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले समेत ४३५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी साझा प्यानलका कृष्णप्रसाद घिमिरेले ४२२ मत प्राप्त गरे । अन्य पदाधिकारी तर्फ भने सबै साझा प्यानलका उम्मेद्वार निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा निर्मलकुमार खतिवडाले ४८२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी डिल्लीराम बाह्रकोटीले ३८६ मत प्राप्त गर्न सफल भए । त्यस्तै धार्मिक उपाध्यक्ष तर्फ प्रकाश थापाले ४८१ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी चन्द्रप्रसाद भेट्वालले ३७६ मत प्राप्त गर्न सफल भए ।
त्यस्तै पर्यटन उपाध्यक्षमा अम्बिकादेवी खरेलले ४९४ मत प्राप्त गरी विजयी बनेकी छन भने उनका प्रतिस्पर्धी रामप्रसाद अधिकारीले ३६७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।
सचिवमा यामनाथ खतिवडाले ४७९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्दी युवराज पौडेलले ३३३ र अर्जुनकुमार बस्नेतले ५३ मत प्राप्त गरे । कोषाध्यक्षमा मानवहादुर पौडेलले ४९९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी अम्बिका चापागाई सुवेदीले ३१८ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।


त्यसैगरी सदस्यहरुमा क्रमशः भरत संग्रौला ४९५, गायत्रा बुढाथोकी चौहान५०८, अम्बिकादेवी रिजाल ५५५, धनपति चापागाईँ ५०८, नरपति पाठक४७४, गंगाराम नेपाल४७५ ,गणेशप्रसाद पोखरेल५०१ , गोपाल खरेल४९२, डिल्लीराम पाठक ५०७, खगमाया चापागार्इ ँ(संग्रौला)४५६, टिकाराम निरौला ४६६, अर्जुनकुमार गिरी ५१७ , रत्ना खड्का ४७७, मेघराज मगर ४४९, मनोजकुमार पोखरेल ४९१ र सोमनाथ खतिवडा ५०० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उपविजेता बनेका स्वतन्त्र तर्फका सदस्यहरुमा क्रमशः सोमनाथ गौतम ३६६, लक्ष्मीप्रसाद निरौला३६५ , मोहन राजवंशी३४७ ,विन्दुराज दहाल३५८ , हरिप्रसाद तिम्सिना ३८४, चेतप्रसाद भट्टराई३६७ , दधिराम न्यौपाने ३५९ , बासुदेव रिजाल३७४ , माधव पोखरेल३७९, लिलाप्रसाद अधिकारी३५२, भिष्मप्रसाद पौडेल ३४२ र बासुदेव निरौला ३४७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।
११२८ मतदाता रहेको धार्मिक संस्था कोटिहोमको सोमबार सम्पन्न निर्वाचनमा ९२६ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु