झापा । हात्ती आतंकको पीडालाई नेपाल सरकारले सुनुवाई नगरेको भन्दै झापा बाहुनडाँगीबासीले पत्रकारसमक्ष गुहार मागेका छन् । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले हात्तीपीडितको आधारभुत बिषयमा उपयुुक्त वातावरण बनाउन प्रयास नगरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन पत्रकारसमक्ष गुहार हुन् ।
प्रायः साँझमा हात्ती आउने भएकाले बिहिबार बेलुका मेचीनगर–४ ले बाहुनडाँगीको हात्ती प्रवेश गर्ने गौंडामै भेला गराएर झापाली पत्रकारहरुसँग गुनासो राखेको थियो । सयौं बिगाहमा लागाएको बाली हात्तीले खाएर नस्ट गर्दै आएको छ । हात्तीले बाली नस्ट गरेपछी कतिपय कृषकले बाली परिवर्तन गरेका छन् भने कतिपयले उर्वर जमिनलाई बाझो राख्न बाध्य भएको कृषकको गुनासो छ ।
स्थानीय तहसँग स्थानीयको पीडालाई सम्बोधन गर्नसक्ने कुनैपनि श्रोत नै छैन, पत्रकार सम्मेलनमा मेचीनगर –४ का वडाध्यक्ष अर्जुन कार्कीले भने,कयौं पटक हात्तीको पीडा सबै तहका सरकारलाई ध्यानाकर्षण गराएकैछौ, हालसम्म कुनैपनी सरकारले समस्याको निकासका लागि पहल गरेका छैनन् । हात्तीमैत्री वडाको रुपमा बिकास गर्दै स्थानीयको गाँस, बास, कपास र शिक्षा, स्वास्थ्य तथा रोजगारका सुरक्षाका लागि आयमुलक श्रोतमा लगानी गर्न सरकारलाई अनुरोध गरेको हो ।
संघीय र प्रदेश सरकारले ठोस कदम नचालेकाले हात्तीको समस्यामा गम्भीर बन्न सबै सरोकारवालालाई अध्यक्ष कार्कीले आग्रह गरेका थिए ।
सधैं दिन र रातमा ठूलो धनजन र गासबासको क्षति पुर्याउँदै आएकाले राज्यको ध्यानाकर्षण गराएको त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको नेपालतर्फ (आरआर.टी) का संयोजक न्यूटन कार्कीले बताए ।
हात्ती छेक्न निर्माण गरिएको करीब १७ किलोमिटरको बिद्युतीय तारबार पनि दैनिक क्षति गरेकाले थप समस्या भएको मानव हात्ती द्वान्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताए ।
हात्तीले दैनिक करीब २० हजार भन्दा बढीको बिद्युतीय तारबारमा क्षति पुर्याउन थालेको अध्यक्ष कार्कीको भनाई थियो ।
बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भीर ध्यानाकर्षण नभएको मेचीनगर–२ का वडाअध्यक्ष दीपक बरालको भनाई छ । राहत पाउने व्यक्तिको नामसमेत आउँदा पनि त्यो राहत लिन अति झन्झटिलो प्रक्रियाले थप पीडा दिएको उनको भनाई छ ।
हात्ती तारबारले केही रोकथाम गरेपनी हुलहुज्जमा आएका जंगली हात्तीले तारवारमा दाह्रा प्रयोग गर्ने भएकाले त्यसको विकल्प खोज्नै पर्ने स्थानीयको भनाई छ । करोड मूल्यको धनमालमा क्षती र करिब ५ दर्जन मानवीय क्षति गरेको छ भने दुई दर्जनबढी घरबारबिहिन बनेका छन् ।
प्रतिकृया दिनुहोस्