झापा । बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) देशहरु बीच व्यापार तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न दुई पक्षीय सम्झौता भएको छ ।
व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा भारतको नर्थ– ईष्ट फेडेरेसन अन इन्टरनेशनल ट्रेड (नेफिट) र नेपाल – भारत उद्योग वाणिज्य संघ (निक्की)बीच काठमाडौँमा सम्झौता भएको हो ।
समझदारी पत्रमा नेफिटका महासचिव मृणल हथखोवा र निक्कीका महासचिव रमेश शर्माले हस्ताक्षर गरेका छन् ।
भारतको उत्तर पूर्व विशेषगी भूटान, बंलादेश, नेपाल र चीनका छिमेकी देश (आशियान क्षेत्र ) सँगको अन्तर्राष्ट्रय व्यापार विस्तार गर्ने उद्देश्यले नर्थ ईष्ट फेडेरेशन अन इन्टरनेशनल ट्रेड (नेफिट)ले गत सेप्टेम्बर २८देखि भारतको गुवाहाटीबाट फ्रेण्डशिप कार र्याली सुरु गरेको थियो । सो कार र्याली भूटान पुगेर १४ गते आइतबार नेपालको पूवी नाका काँकरभिट्टा हुँदै काठमाडौं प्रस्तान गरेको थियो । र्यालीलाई पूर्वी नाका काँकरभिट्टामा टोलीलाई होटल व्यवसायी संघ, यातायात व्यवसायी ,मेची भन्सार एजेन्ट संघ, नाटा, देवकोटा पार्क व्यवस्थापन समिति लगायत बिभिन्न संघ संस्थाहरुले स्वागत तथा विदाई गरेका थिए । व्यवसायीहरुले पूर्वी नाकाको अवस्थाका बारेमा समेत उनीहरुलाई जानकारी गराउँदेै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
कोभिड महामारीले समग्र अन्तराष्ट्रिय व्यापार, पर्यटन वातावरणमा नकारात्मक परिस्थिति सृर्जना गरेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न तथा बीआईबीएन देशहरुबीच व्यापार पर्यटनका गतिविधि अभिवृद्धि गर्न तथा नेपाल भारत भुटान तथा बंगालदेशबीच अझै धेरै व्यापारिक सीमाविन्दुहरु खोल्ने उद्देश्यले कार र्याली आयोजना गरिएको नेफिटले जनाएको छ ।
2023-10-06 मा प्रकाशित
प्रतिकृया दिनुहोस्