डम्बर बराल
झापा १९ असोज । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले निराशा भन्ने शब्द नेपाली काँग्रेसको डिसनेरीमा नभएको बताएका छन् । नेपाली काँग्रेस झापाको प्रथम जिल्ला अधिवेशनलाई शनिवार झापाको बिर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता सिटौलाले जनता निराश छन् भनेर आफ्नो मनोविज्ञानलाई कमजोर नबनाउन आग्रह गरे । काँग्रेसको नेतृत्वमा थुप्रै खाले परिवर्तन र विकास भएका छन् उनले भने,‘ तपाइहरु उच्च मनोबलका साथ काँग्रेले गरेका काम जनतालाई बुझाउनु होस । जनताको समस्या केके हो सुन्नुहोस र समस्या समाधानमा लाग्नु होस उनले निराशाजनक सोच बदल्न कार्यकर्ताहरुलाई सुझाव समेत दिए । स्थानीय तहको निर्वाचनमा झापाको १३१ वडामध्ये ५४ वडामा नेपाली काँग्रेसले सफलता हात पारेको बताउँदै नेता सिटौलाले आफूले जितेको क्षेत्रमा नमुना काम गरेर देखाउन जनप्रतिनिधि र पार्टीका कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘आफूले जितेको ठाउँमा नमूना काम गरेर देखाउनु होस, काँग्रेसको भविश्य त्यहीँबाट सुरु हुन्छ ।’
झापा जिल्लामा अझैपनि ३५ प्रतिशत जनता गरिवीको रेखामुनी रहेका छन् । नेता सिटौलाले भने, ‘काँग्रेसनै गरिवको पार्टी हो, किसान र मजदुरको पार्टी हो भन्ने आभाष दिलाउनेगरी काम गरे काँग्रेस बलियो शक्ति हुन्छ ।’ जनस्तरमा देखिएका समस्या समाधान गर्ने र आफूले जितेको वडामा पारदर्शी भएर काम गरे पार्टी संगठन आँफै बलियो हुने उनको भनाई थियो ।
ठूलो एयरपोर्टहरु बनाउनु भन्दा प्राविधिक शिक्षालय खोल्नु आजको आवश्यक्ता भएको बताउँदै नेता सिटौलाले सरकारले त्यस तर्फ ध्यान दिन आग्रह गरे । जनप्रतिनिधिहरुलाई लक्षित गर्दै नेता सिटौलाले कनुनको परिधिलार्ई ख्याल गरेर काम गर्न समेत सुझाव दिए । सँधै कर्मचारीको विश्वास र भरोसामा साइन नगर्नु होस, उनले भने, ‘परिवन्धमा परेर जेल जीवन विताएका धेरै घटना छन् । उनले जनप्रतिनिधिलाई आफ्नो क्षमता विकास गर्न सुझाव समेत दिए । प्रदेश सकार क्षेत्रीय निर्देशनालय जस्तो मात्रै भएको टिप्पणी गरे ।
कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन चौराशी भनेर काँग्रेसले अहिलेदेखि चुनाव लक्षित कुनै कुरा नगर्ने बताए । काँगेसले पहिला आफूलाई परिमार्जित गर्नुपर्छ । व्यवस्थित र बलियो बन्नुपर्छ । महामन्त्री शर्माले भने, ‘एउटा असल विद्यार्थी त्यो हो जसले परीक्षाको करा गर्दैन पढाइको चिन्ता गर्छ ।’ उनले काँग्रेसलाई असल विद्यार्थीको संज्ञा दिए । शर्माले झापा काँग्रेसलाई एक ठिक्का बनाएर अघि बढन जिल्ला नेतृत्वलाई आग्रह समेत गरे ।
बिभिन्न राजनीतिक दलहरुमा आगामी निर्वाचनामा कसरी जित्ने भन्ने चिन्ता सुरु भएको छ । शर्माले भने, ‘हामी त्यो खाले चिन्ता गर्दैनौं ।’ आफ्नो दललाई कसरी बलियो बनाउने भन्दापनि कसरी समाजलाई गाँस्ने भन्ने विषयमा काँग्रेस गम्भिर बनेको उनको भनाई थियो ।
नेपाली काँग्रेस सबैभन्दा पुरानो पार्टी भएको बताउँदै शर्माले राजनिीतिक पार्टी पुरानो हुँदैमा विचार पुरानो नहुँने जिकिर गरे । उनले नेतृत्व परिवर्तले काँग्रेसलाई उचाइमा पुर्याउन उर्जा दिने बताए । काँग्रेस भनेको एटउा यात्रा हो, निरन्तर बगिरहने नदि र विचार हो । शर्माले भने, ‘काँग्रेस राणसंग लड्यो, राणलाई विदागर्याे, पञ्चायतलाई विदागर्याे, माओवादीसँग द्वन्द भयो माओदादीलाई संसदीय व्यवस्थामा लग्यो र आफू नेतृत्वमा रहिरयो ।’
हामीलाई बहुमतको सरकार बनाउने म्यान्डेट प्राप्त नभएकोले सहकार्य गर्नुको विकल्प नभएको बताएका शर्माले अहिलेनै सरकारको विकल्प खोज्ने गलत हुने बताए । सरकारले भ्रष्टचारको फाएल खोलेर केही महत्वपूर्ण काम को सुरुवात गरेको भन्दै सरकारको प्रशंसा समेत गरे ।
विद्यालय शिक्षा विद्येयक सरोकारवालाहरुसँग छलफल नगरी सरकारले संसदमा ल्याउँदा देशभरका शिक्षकहरु आन्दोलनमा उत्रनुपरेको बताउँदै शर्माले शिक्षकका मागलाई सरकारले गम्भीरता पूर्वक लिएको बताए । उनले शिक्षकहरुको भावनालाई बुझेर काँग्रेसले विद्येयकका बारेमा संसदमा गम्भीर आवाज उठाएको बताए । उनले सरकारले शिक्षकसँग गरेको सहमति कार्यान्वय गराउन आफूले भूमिका खेल्ने बताए । ० ६२ ÷ ०६३ पछि सबै भन्दा बढी एमालेले सरकारको नेतृत्व गर्याे तर बारम्बार काँग्रेसलाई दोष दिने गरेकोले काँग्रेले गरेका काम अव जनतालाई बुझाउन जरुरी भएको बताए । नेपाली काँग्रेसले उद्योग बेच्यो भने जनतालाई भ्रमित गर्ने गरेको कुरालाई खन्डन गर्दै शर्माले भने काँग्रेसले एउटा बाँसवारी जुत्ता चप्पल उद्योग बेच्यो र त्यस ठाउँमा मुटु सिलाउने अस्पताल खोल्यो । यसले जनतालाई के बेफाइदा भयो ? उनले एमालेलाई प्रतिप्रश्न गरे ।
शर्माले देश बनाउने हो भने हाइड्रो तथा जलविधुतको अभिबृद्धि र बैदेशीक रोजगारीको स्तर उन्नती गर्नु पर्ने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सह – महामन्त्री विश्वराज आङदेम्बले पार्टी भित्र नेतृत्व पुस्तान्तरण भइसकेको र अव रुपान्तरणको अभियान सुरु गर्नु पर्ने बताए । उनले नयाँ चेतना , सोच बोकेर पार्टीलाई त्यो उचाइमा पुर्याउँछु भन्ने सोच बनाउनु आवश्यक रहेको बताए । आन्दोलनबाट प्राप्त भएका उपलब्धीलाई अल्पमत र बहुमतको तराजुमा जोख्न नसकिने बताए । उनले निर्वाचन प्रणलीमा गम्भीर छलफल गर्नु पर्ने धारणा समेत राखे ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य गोमा भट्टराई, सुशिला ढकाल नयन सिंह महर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाली काँग्रेस झापा जिल्ला सभापति देउमान थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति केशवराज पाण्डेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने अध्यक्ष थेवेले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव कृष्ण हुँमागाईँले गरेका थिए ।
प्रतिकृया दिनुहोस्