मेची कृषक सहकारीको २४ औं वार्षिक साधारण सभा  क्षेत्रगत रुपमा सुरु

2023-10-08 मा प्रकाशित

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवारदेखि क्षेत्रगत रुपमा सुरु भएको छ ।
आइतबार क्षेत्र नम्बर दुई अन्तरगत मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधारण सभा सम्पन्न भयो ।
सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व एवम् मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ७८ जना शेयर सदस्यको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ८७५६ जना सदस्य र ६ करोड, ६ लाख १० हजार १सय एकहत्तर रुपैयाँ शेयर पूजीँ पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले कृषि क्षेत्रमा सदस्यहरुलाई प्रोत्साहित गर्दै २५० घर परिवारलाई बिजबृद्धि कार्यक्रममा सहभागि गराएर ५यस मेट्रिक्टन बिउ बिक्रि गर्दै आएको सहकारीले जनाएको छ ।


नविन पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी  संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।
शनिवार मेचीनगर २ स्थित जेष्ठ नागरिक भवनमा कार्यक्रम सम्पन्न भएको थियो । मेचीनगर २ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर १, २, ३ र ४ नम्बर वडा क्षेत्रमा रहेका मेची कृषक सहकारी संस्थामा अवद्ध सदस्यहरु सहभागि बनेका थिए । भोलि सोमबार मेचीनगर ८ स्थित नारी जागरण भवनमा कार्यक्रम हुने सहकारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु