जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न

2023-10-08 मा प्रकाशित

झापा । जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न भएको छ । जनता पेन्ट्स उद्योग प्रा. लि. को आयोजनामा शनिबार महोत्तरीको गौसाला स्थित समिर गेस्ट हाउसमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनता पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर भेषराज कोइरालाले गरेका थिए ।

उक्त जनता पेन्ट्स पेन्टर मिट कार्यक्रममा कोशी प्रदेश का मार्केटिङ्ग प्रमुख ओम प्रसाद तिम्सिना, जनता पेन्ट्सका अडिटर बिबेक कोइरालालगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा जनता पेन्ट्सका अहिले बजारमा उपलब्ध प्रोडकहरुको बारेमा जानकारी गराईएको कार्यक्रममा विभिन्न स्थानबाट पेन्टरहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

समा ईन्टरप्राईजेज गौसालाका प्रोप्राईटर सेख मुस्थाफाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन रोमन कोइरालाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु