साहारा नेपाल धुलाबारी सेवाकेन्द्रले दियो १५२ जनालाई सामाजिक सुरक्षा भत्ता

2023-10-09 मा प्रकाशित

मेचीनगर  । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ एकाई साधारण सभाको अवसरमा सदस्यहरुलाई वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
धुलाबारी स्थित अतिथि सदनमा आयोजित साधारण सभामा संस्थाले आफ्ना १५२ जना सदस्यहरुलाई कुल एघार लाख ८७ हजार सामाजिक सुरक्षा भत्ता बापतको रमक वितरण गरेको हो ।

सदस्य पोषण भत्ताबाट एकल महिलालाई जनहि ८ हजार, ६६ देखि ७० वर्षका ज्येष्ठ नागरिकलाई ६ हजार, ७१ देखि ८० वर्षका ज्येष्ठ नागरिकलाई ८ हजार र ८१ देखि ८५ वर्षका सदस्यहरुलाई जनहि १० हजार, ८६ वर्ष माथिकालाई जनहि २५ हजारका दरले वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

मेचीनगर नगरपालिका–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलाबारी सेवा कार्यालयका पूर्व परामर्स समितिका संयोजक हरिचरण बानियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका केन्द्रीय कोषाध्यक्ष डम्बरबहादुर देउजाको अध्यक्षता रहेको थियो । उनले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस्तै सेवा कार्यालयका सदस्य चन्द्रमणि पौडेलले आ।व। २०७९÷८० को लेखा परीक्षण, सदस्य गुहेश्वारी कार्कीले लेखा सुपरविेक्षण र उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा करिव ८ सय जना सदस्यको सहभागिता रहेको कार्यक्रममा माइन्युट प्रमाणिकरण समेत गरिएको सेवा कार्यालयका संयोजक भगिरथ शर्मा सुवेदीले बताए ।

कार्यक्रमको सञ्चालन सेवा कार्यालयका प्रमुख अरुण श्रेष्ठ र सदस्य गोपाल वस्नेतले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु