उपभोक्ता जागरण अभियानले बुझायो मेचीनगरमा ध्यानाकर्षण पत्र

2023-10-09 मा प्रकाशित

मेचीनगर । उपभोक्ता जागरण अभियान मेचीनगरले सोमबार तीन सुत्रीय माग राख्दै मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
सार्वजनिक स्थलको एक सय मिटर भित्रको कुनैपनि स्थानबाट सुर्तिजन्य पदार्थ बिक्री वितरणमा अविलम्ब रोक लगाउनु पर्ने, विद्यालयमा वितरण गरिने खाजाको गुणस्तर तथा सुत्तीजन्य तथा लागुपदार्थको कुलतबाट विद्यार्थीलाई जोगाउन अभियान सञ्चालन गर्नुपर्ने लगायतका माग राखेर उपभोत्ता जागरण अभियानले ज्ञापान पत्र बुझाएको हो ।
जागरण अभियानका जिल्ला अध्यक्ष मोहनकाजी, मेचीनगर अध्यक्ष रचना घिमिरे सहित जिल्ला तथा नगरका पदाधिकारी ध्यानाकर्षण पत्र लिएर मेचीनगर पुगेका थिए । टोलीले कार्यबहाक नगर प्रमुख हृदय राजवंशीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण बुझ्दै कार्यबहाक नगरप्रमुख राजवंशीले स्थानीय सरकारले गर्नु पर्ने काम उपभोक्ता जागरण अभियानले सुरु गरेको भन्दै जागरण अभियानलाई धन्यवाद समेत दिए । नगरवासीको स्वास्थ्यसँग जोडिएको बिषयमा नगरपालिका सचेत भएर लाग्ने र जागरण अभियानलाई समेत सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ज्ञापन पत्र बुझाएपछि उपभोक्ता जागरण अभियानको टोलीले प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरेर अफ्नो अभियानका बारेमा जानकारी गराएको छ । अभियानकी अध्यक्ष रचना घिमिरेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले चाड पर्व नजिकिएसँगै व्यापारीहरुले कालोबजारी गर्ने तथा उपभोक्ता ठग्न सक्ने भएकोले नगरपालिका तथा खाध्य क्वारेन्टाइनले सचेत भएर अनुगमनलाई निरन्तरता दिनु पर्ने बताइन् । जागरण अभियानले हाल विद्यालय तथा बजार क्षेत्रको अनुगमनलाई निरन्तरता दिँदै आएको र अभियानका क्रममा विद्यालय तथा सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थ भेटिने गरेको बताइन् ।
सो अवसरमा उपभोक्त जागरण अभियान झापाका उपाध्यक्ष निलकण्ठ तिवारीले सरकारको दोहोरो चरित्रको कारण कानुन कार्यान्वयनमा समस्या हुने गरेको बताए । सुत्ती जन्य पदार्थ उत्पादन गर्न अनुमति अनि यसको सेवन हानिकारक छ भनेर जनतालाई सचेतना जगाए जस्तो गर्नु सरकारको दोहोरो चरित्र भएको टिप्पणी गरे ।
समितिकी कोषाध्यक्ष मीरा काफ्लेले कालो बजारी र उपभोग्य बस्तुमा अखाध्य बस्तु मिसावट हुने गरेको भन्दै त्यसलाई कडाइका साथ रोक्नु पर्ने बताइन् । कार्यक्रमको सञ्चालन सचिव निरु परियारले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु