दमकमा पनि फैलियो समुदायमा कोरोना,आजै ६ जनामा संक्रमण पुष्टि

2020-08-14 मा प्रकाशित

दमक, ३० साउन । झापाको दमकमा समेत समुदायमा कोरोना संक्रमण फैलिएको छ । शुक्रवार दमकमा एकैपटक ६ जनामा कोरोना संक्रमण भेटियो । दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो ।
दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक ७ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

अन्य संक्रमितहरु नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको कर्मचारी भएको खुल्न आएको छ । संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक पुरुष ४२ वर्षीय र एक पुरुष ४५ बर्षीय हुन् । त्यस्तै अर्की संक्रमित महिला दमक ७ की १६ वर्षीया किशोरी हुन् । उनी यही साउन १६ गते काँकडभिट्टा नाकाहुँदै भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

यस्तै काभ्रेको धुलिखेल अस्पतालमा क्यान्सरको उपचारको लागी गएका दमक ५ का एक पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको छ । उनी पनि कोरोनाको शंका नभई क्यान्सरको उपचारका लागी गएको बेला पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनलाई पनि कहाँबाट संक्रमण भयो भन्ने पुष्टि हुन सकेको छैन् ।
गत बुधबार १०७ जनाको मास टेस्टीङ गरि पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट भने पोजेटिभ आएको हो ।
दमकबाट विहिबार गरिएको अझै २ सय जनाको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको वताईएको छ । संक्रमितलाई कोभिड अस्पतालको आइशुलेसनमा पठाउने तयारी भईरहेको समेत जनाईएको छ ।
यसैवीच, समुदायमा समेत संक्रमण फैलिन थालेपछि नगरपालिकाको आकस्मिक बैठक बसिरहेको छ । यस संक्रमणले समुदायस्तरसम्म संक्रमण फैलिएको हुन सक्ने नगर स्वास्थ्य शाखाका अधिकृत भट्टराईले वताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु