मेची कृषकको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत क्षेत्र ३ कोे साधारण सभा सम्पन्न

2023-10-09 मा प्रकाशित

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत आज क्षेत्र ३को  साधारण सभा सम्पन्न भएको छ ।
मेचीनगर ७ स्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित साधारण सभाको उद्घान मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ओलीले सहकारी संस्थाहरुले सदस्यको जीवन स्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।

एक सदस्य एक सहकारीको अवधारणालाई कार्यान्वयन गर्नु पर्ने उनको भनाइ थियो । तपाईहरु एउटै सहकारीमा मात्र कारोबार गर्नु होस् , प्रमुख अतिथि ओलीले भने, ‘कर्जा लिँदा र बचत गर्दा एउटै सहकारीमा कारोबार गर्नु होस् त्यसो गर्दा सहकारी र सदस्य दुबैलाई फाइदा हुन्छ ।’ उनले मेची कृषक सहकारीले बिउ विजन तथा चामल उत्पादन क्षेत्रमा काम गरेको भन्दै सहकारीले गरेको कामको प्रशंसा गरेका थिए । उनले मेचीनगर ७ मा ५० विगाह जमिनमा व्यवसायीक तोरी खेती गर्नेगरी वडाले योजना बनाएको बताए ।


सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ७८ जना शेयर सदस्यको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ८७५६ जना सदस्य र ६ करोड, ६ लाख १० हजार १सय एकहत्तर रुपैयाँ शेयर पूजीँ पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले कृषि क्षेत्रमा सदस्यहरुलाई प्रोत्साहित गर्दै २५० घर परिवारलाई बिजबृद्धि कार्यक्रममा सहभागि गराएर ५यस मेट्रिक्टन बिउ बिक्रि गर्दै आएको सहकारीले जनाएको छ ।
सो अवसरमा लेखा संयोजक विष्णुलाल गिरीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्र नम्बर ३ की संयोजक सीता पुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु