मेचीनगरका कर्मचारी आन्दोलित

2023-10-10 मा प्रकाशित

मेचीनगर । प्रहरी दमनको विरूद्ध मेचीनगरका कर्मचारी आन्दोलित भएका छन् । सोमबार काठमाडौंमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि दमन गरेपछि त्यस कार्य प्रति नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध जनाएको छ ।

कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर , भन्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा एक विरोध कार्यक्रमको आयोजना गर्दै नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध गरेको छ ।

विरोध कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापामगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाललगायतले बोलेका थिए । उनीहरूले कर्मचारीहरूको जायज मागलाई राज्यस्तरबाट चाडैं सम्बोधन हुनुपर्ने धारणा राखे ।

सरकारले कर्मचारी कर्मचारी बिच विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारीहरूले नियमसंगत विभिन्न माध्यम बाट नियुक्ति भएको भएता पनि जनताको सेवामा अहोरात्र खटिरहेका स्थानीय तहका कर्मचारीहरूको मागलाई राज्यले सम्मान पुर्वक सम्बोधन गर्नुपर्ने बताउँछन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रम सञ्चालन सहसचिव नरमाया निरौलाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु