परिवर्तन थिएटरले ‘म्लेच्छ’ नाटक असोज २५ गतेदेखि प्रदर्शन गर्ने

2023-10-10 मा प्रकाशित

काँकरभिट्टा, २३ असोज । परिवर्तन थिएटरले आदिवासी समुदायको कथा समेटेर तयार पारेको नाटक ‘म्लेच्छ’ यही असोज २५देखि प्रदर्शन गर्ने भएको छ ।
थिएटरले आज मेची सामुदायिक भवन काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर नाटक प्रदर्शन गर्ने जानकारी दिएको हो । नाटकका माध्यमबाट समाजमा सचेतना जगाउँदै आएको परिवर्त थिएटरले असोज २५ गते बिहिबारदेखि कात्तिक ३ गतेसम्म हरेक दिन दुई पटक उक्त नाटक प्रदर्शन गर्न लागेको । थिएटरकी अध्यक्ष लिला विष्टले जानकारी दिइन् । अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाज रुपान्तरणमा थिएटरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले यस नाटकले समेत आदिवासी समुदायको अवस्थालाई चित्रण गरेको बताइन् ।
पत्रकार पर्वत पोर्तेलले लेखेको यो नाटकलाई गणेश बस्नेतले निर्देशन गरेका छन् । आदिवासी समुदायको उद्भव, विस्तार तथा पलायन जस्ता विषयलाई समेटेर तयार पारिएको यस नाटकले समग्र आदिवासी समुदायको मुद्दा उठाउने नाटकका निर्देशक बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
‘म्लेच्छ’ शब्द उच्चारणमा मात्रै नभएर परिभाषामा गम्भिर शब्द हो । आदिवासी भाषामा यसको अर्थ ‘अनार्य’ हुन्छ । यसरी यति गम्भिर विषयलाई छनोट गरेर तयार पारिएको यस नाटकले आदिवासीले विगतदेखि भोग्दै आएको दुख, सास्ती अनि ताडना बोल्ने संस्थाकी संस्थापक अध्यक्ष तथा कला संयोजक कविता नेपालले बताइन् ।्
मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजना हुँने नाटक हेर्न आयोजकले १ सय र २५० रुपैयाँको टिकटको व्यवस्था समेत गरेको छ । विद्यार्थीका लागि एक सय रुपैयाँ लाग्छ भने साधारणतया २ सय ५० मा नाटक हेर्न सकिन्छ । पत्रकार सम्मेलनको सञ्चालन थिएटरका सचिव एवं संचारकर्मी शिशिर चम्लागाईले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु