पर्यटन प्रवर्द्धन गर्न १३ जनाको टोली मेची महाकाली साइकल यात्रामा

2023-10-28 मा प्रकाशित

मेचीनगर । पर्यटन प्रवर्द्धन तथा स्वास्थ्य जीवनको लागि साइकल यात्रा भन्ने नाराका साथ आजबाट मेची महाकाली साइकल यात्रा सुरु भएको छ । साइकल यात्रामा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य सहित हेटौडाका ११ जना र बुटवलका २ जना सहभागि छन् ।
साइकल यात्राको लागि शुुक्रबार काँकरभिट्टा आइपुगेको टोलीलाई शनिवार विहान मेची पुलबाट खादा र अविर लगाएर विदाई गरिएको थियो । मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा आयोजित विदाई कार्यक्रममा मेचीनगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पञ्चमुखि हनुमान मन्दिरका अध्यक्ष आनन्द अग्रवाल र पण्डित श्री नेत्र प्रसाद भट्टराई लगायतले खादा र टिका लगाएर यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

टोलीमा भानुभक्त आचार्य, लक्ष्मीचरण श्रेष्ठ, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकल यात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची(महाकाली साइकल यात्रा गर्दैछन् । उनीहरुले व्यक्तिगत खर्चमा मेची(महाकाली साइकल यात्रा सुरु गरेको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल काँकरभिट्टाका डिएसपी रोहित घिमिरे, ट्रार्फिक पोष्ट काँकरभिट्टाका प्रहरी नायब निरीक्षक लिला श्रेष्ठ, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, उपाध्यक्ष जीआर धिताल, पत्रकार मोहन काजी, ज्ञानेन्द्र निरौला, विश्वास दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवम् मेचीमहाकाली साइकल यात्रा गर्ने नेपालको पहिलो पत्रकार मुक्ति पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु