मेचीनगर । आदर्श माध्यमिक विद्यालयका पूर्व शिक्षक दैवकिशोर गिरीको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
मेचीनगर – ५ निवासी गिरीको अस्पतालबाट घर फर्कने क्रममा निधन भएको हो । गत माघमा पेटको समस्या भएर उपचारकोलागि मनमोहन अस्पताल विर्तामोड पुगेका गिरी आन्द्रामा समस्या भएको डक्टरले बताएपछि थप उपचारकोलागि काठमाण्डौं स्थित टिचिङ अस्पताल भर्ना भएका थिए । त्यहाँ आन्द्राको सफल अप्रेशन पछि तीन महिना घरमै बिताएर पूनः थप उपचारको लागि सोही अस्पताल पुगेका दैव किशोरलाई दैवले घर फर्कनै दिएन ।
गिरीको अप्रेशन पछि तीन महिनासम्म आन्द्रा बाहिर राखिएको थियो । बाहिर निकालिएको आन्द्रा पुन भित्र राखेर चाँडै घर फर्कने विश्वासका साथ टिचिङ अस्पताल पुगेका दैव किशोरको त्यसपछि सबै खुसी हरायो । उनी पाँच महिनासम्म अस्पतालको बेढमै जीवन र मरणको दोसाँधमा छट्पटाइरहेका थिए । लामो समयसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार अस्पतालबाट घर फर्कने क्रममा उनको निधन भएको हो ।
दैवकिशोरको बाहिर निकालिएको आन्द्रा शरिर भित्र राखेपछि भने पुरै शरिरमा संक्रमण फैलिन पुग्यो । दाइको आन्दा भित्र हालेपछि आन्द्रा, मुटु र फोक्सो पुरै ड्रयामेज भयो । स्व. गिरीका माइला भाइ हरिप्रसाद गिरीले भने, ‘करिव ५ महिना दाजुलाई अस्पतालमै राखेर उपचार गर्याै तर स्वास्थ्यमा सुधार हुन सकेन । मंगलबार घर ल्याउनेक्रममा साँझ ६.३० बजेको समयमा दाजुले हामी सबैलाई छोडेर जानु भयो ।’
२०३४ सालदेखि शिक्षण पेशामा प्रवेश गरेका गिरीले सुरुमा पवित्रा मावि हुँदै मेचीनगर – ५ स्थित बालकल्याण मावि र त्यसपछि लामो समय मेचीनगर ८ स्थित आदर्शमाविलाई कर्मथलो बनाएका थिए । गिरीले २०७४ सालमा आदर्शमाविबाटै अवकास पाएका थिए । सँधै कर्ममा विश्वास राख्ने मेहनती अनि सामाजिक क्षेत्रमा उत्तीकै योगदान पुर्याउँदै आएका दैवकिशोरलाई दैवले चुँडेपछि मेचीनगर, – ५ र ८ मात्र नभएर आसपासका गाउँ स्तब्ध बनेको छ ।
धेरैले आफ्नो जीवनमा देख्न र भोग्ने अवसर नपाउने संयुक्त र ५ पुस्ता जिवितै रहेको गिरी परिवारका धरोहर दैवकिशोरका हजुर बुवा लक्ष्मी प्रसाद गिरी १०८ वर्षको हुँदापनि अझै स्वस्थ्य हुनु हुन्छ । भने देवकिशोरका बुवा भक्तबहादुर धार्मिक तथा सामाजिक क्षेत्रमा उत्तीकै सक्रिय हुनु हुन्छ । स्वं गिरीको श्रीमति मीना गिरी दुईछोराहरु उदय र विजय तथा २ नातिनी र १ नाति रहेका छन् ।
उनको बुधबार स्थानीय निन्दा नदिमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।
2023-11-02 मा प्रकाशित
प्रतिकृया दिनुहोस्