गरिबको स्वास्थ्य उपचारमा विपन्न जनहित कोषले सघाउने

2020-08-18 मा प्रकाशित

धुलाबारी  । मेचीनगर-९ का अगुवा महिलाहरुले आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गरी विपन्न जनहित कोष स्थापना गरेका छन् ।

तीजमा गरिने खर्च रकम जोगाएर उक्त कोष स्थापना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसक्रममा वितरित प्रेस विज्ञप्तिमा कोषले विपन्न वर्गलाई आकस्मिक रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख छ ।

सम्मेलनमा कोषको अवधारणा पत्र सार्वजनिक गर्दै कोष सञ्चालक समिति अध्यक्ष रेणुका डाँगीले हाल कोषमा दुई लाख रुपैयाँ बढी रकम संकलन भएको जानकारी गराइन् ।

कोष सञ्चालक समिति सचिव जानुका ओलीले डाँगीको नेतृत्वमा गठित समितिले कोष एक करोड रुपैयाँको पुर्याउने लक्ष्य रहेको बताइन् । उनले सबै गरिब परिवारका लागि सेवाभावको उदेश्य राखेर कोष सञ्चालन गरिएको बताइन् ।

सो अवसरमा घोषणा गरिएको सञ्चालक समितिको उपाध्यक्षमा चण्डिका बानियाँ, सचिवमा जानुका ओली, सहसचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा लिना भण्डारी छन् ।

नवगठित समितिको सदस्यहरुमा माया शिवाकोटी, इन्दिरा कार्की, खिला खनाल, अस्मिता खरेल, मञ्जु पौडेल, अनिता पाठक, निर्मला काफ्ले, लक्ष्मी श्रेष्ठ, पवित्रा दाहाल, गीता भण्डारी, धनमाया राई, इन्दिरा नेपाल, प्रतिक्षा पराजुली, संगीता गजुरेल, हिमा कट्टेल, मीना डाँगी, सुशीला विष्ट, पार्वती उपरकोटी, मन्दिरा सुन्दास र रुबिना किसान छन् । समितिले आन्तरिक छलफल गरेर विधान निर्माण गरी चाँडै कोष सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु