मेचीनगर । साहित्यकार कल्पना ओली सिटौलाको कविता कृति ‘जुरुक्क उठ्छ सडक’को शनिवार एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।
सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको सभापतित्व तथा प्रसिद्ध साहित्यकार कवि मिश्र वैजयन्तीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, राष्ट्रिय सूचना आयोगका सदस्य कमला ओली, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्वय उमानाथ ओली तथा कमल गुरागाईं, प्रलेस पूर्व केन्द्रीय सदस्य भवानी क्षेत्री लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
अतिथिहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण भएपछि कृतिकार कल्पना ओलीको संक्षिप्त परिचय सहसचिव मदन अधिकारीले गराएका थिए । भने कृतिको समीक्षात्मक चर्चा साहित्यकार समालोचक दामोदर ढुङ्गेलले गरेका थिए ।
सो अवसरमा कविहरू केशव आचार्य, हरिप्रसाद नेउपाने, टीका भट्टराई नेपाल, जय भण्डारी, लक्ष्मी अच्युत ढुङ्गाना, मिना अधिकारी, जयप्रसाद आचार्य, पुण्य खरेल, पवन ढुङ्गेल, हरिनारायण भट्टराई, मायामितु नेउपाने, गीता सुवेदी नेपाल, नमूना निरौला दाहाल, सुनीता तामाङले कविता वाचन गरेका थिए । भने प्रमुख अतिथि मिश्र वैजयन्ती, विशिष्ट अतिथिहरू कमला ओली, लीला उदासी, मुनाराज शेर्मा, चन्द्र भण्डारी, कमल गुरागाईं, भवानी क्षेत्रीले बोलेका थिए ।
स्रष्टा कल्पना ओलीले प्रमुख अतिथि मिश्र वैजयन्ती, कृतिका समीक्षात्मक चर्चाकार दामोदर ढुङ्गेल तथा कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेललाई दोसल्ला तथा ढाकाको टोपी पहिराएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्