पत्रकार तिमसिनाले दिए बाल गृहमा स्वास्थ्य सामग्री

2020-08-21 मा प्रकाशित

इलाम । प्रेस संगठन इलामका अध्यक्ष सुजन तिमसिनाले बाल अनाथलयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसर पारेर इलाम नगरपालिका ९ स्थित गोलाखर्कमा रहेको बाल गृहमा स्वास्थ्य सामसग्री हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष समेत रहेको पत्रकार तिमसिनाले बाल गृहका संचालन समितिका सचिव राजेन्द्र चौहानलाई सेनिटाइजर र माक्स वितरण गरेकाछन् । बालगृहमा काम बसिरहेका बालबालीकालाई कोरोना रोगको जोखिम नहोस् भनेर पत्रकार तिमसिनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा संचालक समितिका सचिव राजेन्द्र चौहानले बताए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार तिमसिनाले आफुले प्रदान गरेको सामग्री पर्याप्त नभएपनि सहयोग जुटाउने अभियानको थालनी गरिएको बताए । बालगृहमा अहिले १६ जना बालबालीका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु