क्षेत्र नं.१ मा काँग्रेस महासमिति सदस्य निर्वाचन : ११ पदका लागि २० को उम्मेदवारी दर्ता

2023-11-08 मा प्रकाशित

धुलाबारी । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि २० जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न क्लस्टरबाट ११ जना चयन हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको हो । खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ९ जनाको मनोनयन दर्ता भएको छ ।

नेताहरु केशबराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्ग बहादुर धिमाल, पुष्पराज पौडेल ,पंकजबिक्रम नेम्वाङ, अशोककुमार पोखरेल, राम कट्टेल र विमल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, २ जना निर्वाचित हुने खुल्ला महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । महिला नेताहरु उषा गुरुङ, शोभा श्रेष्ठ नेम्बाङ र दुर्गा देवी खतिवडाले मनोनयन दर्ता गर्नुभएको हो ।

त्यस्तै, खसआर्यतर्फको खुल्ला सदस्यमा तेजप्रसाद चौलागाई र रोेहितकुमार बुढाथोकी तथा खस आर्य महिलातर्फ चन्द्रकला भट्टराई, शुशिला रिजाल र टिका सुवेदीको उम्मेदवारी परेको छ । आदिवासी जनजाती तर्फ प्रेम सम्बाहाम्फे र बालाजित राईले उम्मेदवारी दिएका छन् । आदिवासी महिलामा भने डम्बरकुमारी थापाको मात्रै उम्मेदवारी परेको छ ।

महाधिवेशन प्रतिनिधिहरुले मात्रै उम्मेद्वार हुन पाउने काँग्रेसको महासमिति सदस्य चयनका लागि झापा १ का ६ सय २० जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने छन । निर्वाचन बिहिबार बिहान ८ बजेबाट धुलाबारीको टाउन हलमा हुने निर्वाचन अधिकृत चन्द्रशेखर गुरागाँइले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु