एनएमसीले गर्याे ३१ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक

2023-11-09 मा प्रकाशित

डम्बर बराल
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसीले) ले आर्थिक वर्ष ०७९÷०८० मा २४ करोड २ लाख २१ हजार ८ सय ४३ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
२०५० सालमा २६ जना सदस्यको २ लाख ५१ हजार पुँजी संकलन गरेर बचत तथा ऋणको कारोबार सुरु भएको सहकारीले ३० औं वर्ष पुरा गर्दा देशमै छुट्टै पहिचान स्थापना गर्दै बिभिन्न ५ वटा विषयगत व्यवसाय सञ्चालन गर्न सफल भएको तथा संस्थाको सदस्य १ लाख ५३ हजार ८०३ जना , सेयर पुँजी १ अर्व ४० करोड बढी पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सञ्चालक समितिले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर सहकारीको आगामी मंसिर १६ गते सम्पन्न गर्न लागेको ३१ औं वार्षिक साधारण सभाको प्रतिवेदनमा सार्वजनिक गरेको हो ।
सहकारीले हाल बचत तथा ऋणको कारोबार, एनएमसी डेरी व्यवसाय, एनएमसी एग्रो फार्म, सहकारी पसल, र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ । सहकारी संस्थाका अध्यक्ष ठाकुर प्रसाद सिवाकोटीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सदस्य लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा सदस्यहरुलाई उत्पादनसँग जोडेर सदस्यले उत्पादन गरेका बस्तुलाई बजारी करण गर्ने सहकारीले योजना बनाएको अध्यक्ष सिवाकोटीको भनाइ छ ।
अध्यक्ष सिवाकोटीले सहकारी स्थापनाको तीन दशक पछि देशले ठूलो आर्थिक संकटको सामना गर्नु परेको बताउँदै जसको असर सहकारी संस्थामा समेत देखिएको बताए । केही सहकारीका संचालकहरुको लापरवाहीका कारण सबै सहकारीलाई बदनाम बनाउन खोजिएको छ । हामीले त्यसलाई चिर्नु छ । पत्रकार सम्मेलनमा सिवाकोटीले भने, ‘एनएमसी मजबुत छ । हाम्रा सदस्यहरु बिचलित हुनु पर्देन ।’ केही व्याक्तिले सहकारीबाट लिएको कर्जा तिर्न नपर्ने भन्दै भ्रम झैलाइरहेको भन्दै उनले यस विषयमा साधारण सभामा सदस्यलाई मसिनो ढंगबाट बुझाउने बताए ।
कार्यक्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेतीले पत्रकारको जिज्ञासा मेटाएका थिए ।
सहकारीले मंसिर २ गतेदेखि ८ गतेसम्म एकाइगत साधारण सञ्चालन गर्ने र त्यसको अन्तिम माइन्युट प्रमाणिकरण सहित ३१ औं साधारण सभा मंसिर १६ गते गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु