पाठामारीमा अन्तरक्रिया

2020-04-18 मा प्रकाशित

भद्रपुर ÷ झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ ।

विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कचनकवल गाउँपालिकाको वडा नं ५ पाठामारीमा क्लिन झापाको आयोजनामा सचेतनामूलक अन्तरक्रिया गरिएको हो ।

कचनकवल गाउँपालिकाको सहयोगमा आयोजित सो अन्तरक्रियामा क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले कोरोना भाइरस संक्रमणका लक्षण, जोगिने उपायहरुका बारे जानकारी गराउँदै दुषित पानी र फोहोरबाट सर्नसक्ने रोगहरु र यसबाट बँच्ने उपायहरुका बारेमा प्रस्तुति दिएका थिए भने संस्थाका उपाध्यक्ष सन्तोष न्यौपानेले पूर्ण सरसफाइ अभियानका बारे जानकारी दिए ।

वडाध्यक्ष महेशलाल गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायले क्लिन झापाले लामो समयदेखि सरसफाइ र वातावरण संरक्षणमा विभिन्न चेतनामूलक काम गर्दै आएको बताउँदै ग्रामीण क्षेत्र तथा दूरदराजका नागरिकमा अझै पनि नियमित गरिनुपर्ने सरसफाइका बारे चेतनाको कमी रहेकोले जिल्लाका सबै पालिकाका ग्रामीण र कम शिक्षित समुदायमा चेतना अभिबृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताईन ।

अन्तरक्रियामा वडाभरिका टोल विकास संस्थाका पदाधिकारीहरु, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु